site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विप्लव समूहविरुद्ध प्रहरीको \'सर्च एन्ड एरेस्ट अपरेसन\' ! नेता–कार्यकर्ताले गाउँ छाडे
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र उनीहरुको भातृ संगठनले गर्ने सम्पूर्ण क्रियाकलाप निषेधित भएकाले कुनै पनि क्रियाकलाप हुन नदिने र त्यसो भएमा तत्काल नियन्त्रणमा लिएर कारवाही गर्ने,’ सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले आन्तरिक रुपमा जारी गरेको २८ फागुन ०७५ को निर्देशन हो यो ।

यही निर्देशनपछि देशभर विप्लव समूहको गतिविधिमाथि कडा निगरानी सुरु भएको छ । मुलुकका प्रमुख दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी भौतिक रुपमै ‘हाइ अलर्ट’मा छन् भने राष्ट्रिय अनुसन्धान विभागलाई सूचना संकलनका लागि प्रभावकारी रुपमा लाग्न गृह मन्त्रालयले निर्देशन दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय देशभर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी अधिकारी बताउँछन् । विप्लव समूहले तराईभन्दा पहाडी जिल्लामा सुरक्षा चुनौती बढाउन सक्ने निष्कर्ष निकाल्दै सतर्कता अपनाइएको हो । विभिन्न पहाडी जिल्लामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । प्रहरीले देशभर विप्लवका नेता–कार्यकर्ता रहने सम्भावित स्थानमा छापासमेत हानेको छ । 

प्रहरी अधिकारीका अनुसार पार्टी कार्यालय, निवास एवं बासस्थान खाली भएका छन् । खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गृह जिल्ला समेत रहेको कालीकोटमा प्रहरीले चन्द समूहविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेसन’ सुरु गरेको कालिकोटका डिएसपी विनोद शर्माले बताए । डिएपी शर्माले भने, “हामीले माल्कोट, कोटवाडा, मुम्रा, फुकोट, रेगिंललगायत ठाउँमा सर्च गरेका छौं । ठूला नेताहरुले गाउँ छाडिसके । हामीले मूलतः ठूला नेताहरु खोजिरहेका छौं ।’’ हतियार खोज्ने, अन्य अपराधमा संलग्न नेता–कार्यकर्ताको खोजीमा पनि प्रहरी रहेको शर्माले बताए ।

Global Ime bank

प्रहरीका अनुसार विप्लव समूहका सबैजसो नेताहरूको मोबाइल अफ छ । केन्द्रीय तहका केही नेताहरु मात्रै सञ्चारमाध्यमको सम्पर्कमा छन् । कालीकोटमा विप्लव र प्रकाण्डसहित १३ नेता–कार्यकर्ताविरुद्ध मुद्दा दर्ता भएको डिएसपी शर्माले बताए । यस्तै विप्लव समूहकै कारण सीमा नाका, ग्रामीण क्षेत्र, राजमार्गलगायत क्षेत्रमा उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय