site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस अस्थिरताको कारक बन्न हुँदैन : केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसले सरकारको नेतृत्व परिवर्तनका लागिभन्दा पनि मुलुकको अस्थिरता अन्त्यका लागि प्रयास गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन प्रणाली सुधारलगायत विषयमा प्रमुख राजनैतिक दलहरू एक ठाँउमा उभिएर संविधान संशोधन गर्नुपर्ने समेत बताए ।

नेता केसीले  कांग्रेस अस्थिरताको कारक बन्न नहुने धारणा राखे । मुलुकमा देखिएको राजनैतिक अस्थिरता अन्त्यका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक भएको उनको भनाइ छ । 

केसीले नेपालको चुच्चे नक्सा नोटमा राख्ने सरकारको निर्र्णय शासन सत्ता सञ्चालनमा देखिएको त्रुटि लुकाउन मात्र ल्याइएको आरोप लगाए । चुच्चे नक्साको विषय कूटनैतिक रूपमा समाधान गर्न उनले सरकारलाई सुझाव दिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro