site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘क्याप्टेन’ पाइरेसी भएपछि मुद्दा हाल्दै भुवन केसी
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदर्शन नेपाली कथानक चलचित्र ‘क्याप्टेन’ पाइरेसी भएको छ । चलचित्र पाइरेसी भएपछि निर्माण युनिक प्रहरीमा उजुुरी गर्ने तयारीमा पुगेको छ । शुक्रबार हनुमानढोकामा उजुरी दिने निर्माण पक्षले जनाएको छ । 

“भुवन (केसी) दाइ अहिले केही समयमा उजुरी दिनका लागि हुनुमान ढोका जाँदै हुनुहुन्छ,” ‘क्याप्टेन’का निर्देशक दिवाकर भट्टराईले बाह्रखरीसँग भने, “हामी कपीराइट मुद्दा दायर गर्नेछौं ।” 

Prabhu Bank
Agni Group
NIC Asia

प्रेम किङ चन नामक युट्युब च्यानलबाट चलचित्र अपलोड गरिएको थियो । हलमा मोबाइलले खिचेको चलचित्रको भिडियो अपलोड गरिएको थियो । अहिले भने उक्त च्यानलबाट चलचित्र हटिसकेको छ । भिडियो ब्ल्क गर्न लगाएको निर्देशक भट्टराई बताउँछन् । 

“विना अनुमति कपि गरे कस्तो कारबाही हुन्छ भन्ने चेतना नभएको व्यक्तिले भिडियो बनाएर अपलोड गरे जस्तो देखिन्छ,” उनले भने, “कपि राइटको कारबाही बारे थाहा भएको भए सायद यसरी पाइरेसी हुँदैन थियो होला ।”

Global Ime bank

चलचित्र ‘क्याप्टेन’ भुवन केसीद्वारा निर्मित चलचित्र हो । अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र आजबाट दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । 

चलचित्र ‘पशुपतिप्रसाद’, ‘छक्का पञ्जा’, ‘छड्के’ लगायतका चलचित्र पनि हलमा चलिरहेका बेला पाइरेसी भएको थियो । ‘छक्का पञ्जा’ पाइरेसी गर्ने व्यक्तिले कारबाही हुने थाहा पाएपछि आत्महत्या गरेका थिए । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC