site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अति भएपछि प्रतिरोध हुनु स्वाभाविकै हो । सेनाको रात्रीभोजमा सरिक हुन राष्ट्रपतिलगायतका अतिविशिष्ट व्यक्तिहरू जाने क्रम राजधानीको मुख्य सडक लामो समयसम्म थुनिएपछि सवारी चलकहरूले अवज्ञा गरेका छन् । सवारी चालकहरूले ‘हल्ला गरेको’ त ट्राफिक प्रहरीले नै स्वीकार गरेको छ । सामाजिक सञ्जालमा फैलिएको भिडियोमा चालकहरूले एकैपटक हर्न बजाएको र त्यस अवरोधको अवज्ञा गरेर सडकमा सवारी साधन गुडाएको देखिएको छ । त्यस अवस्थामा सडक झन् बढी अस्तव्यस्त र अराजक भएको देखिन्छ । धन्न, कुनै अप्रिय घटना भएनछ । अवरोध र अवज्ञाको यस घटनाबाट विशिष्ट व्यक्तिको सवारीका क्रममा अपनाइने हालको सुरक्षा व्यवस्थामा पुनर्विचार गर्नु अवश्यक छ भन्ने पुष्टि हुन्छ । विशेषगरी सुरक्षा निकायले यसबाट पाठ सिक्न सक्नुपर्छ । 

विशिष्ट व्यक्तिको आवागमनमा सुरक्षाका नाममा राजाकै पालाको जस्तो सडक अवरोध गर्ने चलनलाई जनमानसले स्वीकार गर्न सकेको थिएन । तर, सुरक्षा प्रबन्धका नाममा सडक अवरोध गरेर जनसाधारणलाई सास्ती दिने चलन भने गणतन्त्रपछिको एक दशकमा पनि रोकिएन । बरु, तामझाम र मोटरको ताँती लगाउनेहरूको संख्या बढ्यो । राष्ट्रपति, प्रधानमन्त्रीकै देखासिकीमा मन्त्रीहरूमात्र हैन सुरक्षा निकायका उच्च अधिकृतहरूले समेत अगुवा, पछुवा मोटरको ताँती लिएर हिँड्न थाले । सामन्ती तडकभडकलाई इज्जतको मानक बनाइयो । राजतन्त्र हटाइँदा सामन्ती ढोँग पनि जाला भन्ने ठानेका जनता यसबाट दिक्क भएका थिए । मंगलवार साँझको अवज्ञा यसैको उदाहरण हो ।  राष्ट्रपतिको धेरै आलोचना सडक अवरोधकै सन्दर्भमा भएको छ । राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिले राजसी तामझाम र सामन्ती ढोंग अस्वीकार गरेको भए सम्भवतः जनमानसमा गणतन्त्रको छवि बिग्रने थिएन । जनताले एक जना राजा हटे पनि धेरै राजाको शासन खप्नुपरेको ठान्ने थिएनन् । 

अझै ढिलो भइसकेको छैन । असल सुधार जति बेला सुरु गरे पनि समयोचित नै हुन्छ । यसैले विशिष्ट व्यक्तिको सुरक्षामा सम्झौता नगरी जनतालाई असुविधा नहुने उपाय अपनाउनु उचित हुनेछ । बाटो नछेकीकन आवतजावत गराउने, कम चल्तीका सडकबाट हिँडाउने, बाटो रोक्नै परे न्यूनतम समयसम्म मात्र अवरोध गर्नेजस्ता उपाय अपनाउने हो भने जनतालाई सास्ती हुनेछैन । राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अरूले अगुवापछुवा मोटरको ताँती लिएर नहिँड्ने हो भनेमात्रै पनि जनमानसमा रहेको वितृष्णा केही कम हुनेछ । सुरक्षा निकायका उच्च अधिकृतहरूले आफूले समेत प्रयोग गर्ने हुनाले अहिलेको व्यवस्था बदल्न आनाकानी गर्नसक्छन् । त्यस अवस्थामा राष्ट्रपति स्वयंले जनतालाई असुविधा नहुने गरी प्रबन्ध मिलाउन निर्देशन दिए सुरक्षा निकायले पनि विकल्प खोज्नेछन् । जनतालाई असुविधा हुनेगरी सडकमा निषेध, अवरोध वा नियमन गर्दा अन्ततः अवज्ञा हुन्छ भन्ने स्वीकार गरेर गणतान्त्रिक संस्कार निर्माणका लागि अग्रसर हुन अवज्ञाबाट प्रेरणा लिनु उचित हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC