site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियाले भन्यो– अमेरिकासँग फेरि वार्ता भए पनि हाम्रो अडान कायमै छ
Siddhartha BankSiddhartha Bank

हनोइ । उत्तर कोरियाले अमेरिकासँग अर्को चरणको वार्ता भएपनि आफ्नो अडान अब नफेरिने बताएको छ । 

बिहीबार दुई देशबीचको वार्ता विना निष्कर्ष टुंगिएपछि उत्तर कोरियाका विदेशमन्त्री री योंगले राति पत्रकारहरुसँगको कुराकानीमा सो कुरा बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले सबै प्रतिबन्ध हटाउन माग गरेकोले सहमति हुन नसकेको जनाएकोमा त्यसलाई खण्डन गर्दै उत्तर कोरियाका विदेशमन्त्रीले आफूहरुले पुरै प्रतिबन्ध हटाउन भन्दा पनि राहत मागेको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले उत्तर कोरियाका तर्फबाट वास्तविक प्रस्ताव राखिएको जनाउँदै यसमा यंगबियंग परमाणु अनुसन्धान केन्द्रलाई अमेरिकी पर्यवेक्षकको निगरानीमा पूर्ण रुपमा बन्द गर्ने प्रस्तावपनि रहेको जनाएका छन् । 

परमाणु हतियार हटाउनका लागि यो महत्वपूर्ण उपाय भएको उत्तर कोरियाका विदेशमन्त्रीले बताएका छन् ।उनले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धले उत्तर कोरियाका नागरिकको जीवन र अर्थव्यवस्थामा चोट पुगिरहेकोले प्रतिबन्ध हटाउन आग्रह गरिएको उल्लेख गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५  ०८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement