site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेविसंघमा उमेर हदको विवाद, पक्ष र विपक्षमा प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरुले प्रदर्शन गरेका छन् । निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकट विद्यार्थी नेताले उमेर हदको पक्षमा र संस्थापन पक्षले उमेर हदको विपक्षमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् । 

काफ्ले समूहले ३२ वर्ष मुनिको तदर्थ समिति गठनको माग गर्दै आज बिहानैबाट नाराबाजी गरेको थियो । प्रदर्शनकारीलाई कांग्रेस पार्टी कार्यालय प्रवेश गर्ने सडकमै प्रहरीले रोकेको थियो । अरु दिनभन्दा सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी कार्यालयमा केन्द्रीय  कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य र पत्रकारलार्इ मात्र प्रवेश गर्न दिइएको छ । फागुन ९ गते उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतमाथि काफ्ले समूहले दुर्व्यवहार गरेका कारण प्रदर्शनकारीलाई सडक छेउमै रोकिएको हो । यद्यपि काफ्ले समूहले नेताद्वयले आफूहरु माथि हातपात गरेको दावी गर्दै आएको छ ।

नेताहरुमाथि दुर्व्यवहार गरेको विरोधमा संस्थापन पक्षले पनि पार्टीभित्र अनुशानन कायम हुनुपर्ने भन्दै प्रदर्शन गरेको छ । विश्वभाषा क्याम्पसबाट ऋषिकेशजंग शाहको नेतृत्वमा आएका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

संस्थापन पक्षको ब्यानर काफ्ले समूहले च्यातिदिएपछि २ पक्षबीच झडपको स्थितिसमेत उत्पन्न भएको थियो । २ पक्ष एकअर्काबीच ढुंगा हानाहानमा उत्रिएका छन् । प्रहरीले लाठीचार्ज गरी प्रदर्शनकारीलाइ तितरबितर पारेको छ ।

\"\"

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"
\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC