site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देश बनाउने दलको यो ‘बिजोग’ !
Sarbottam CementSarbottam Cement

काठमाडौं । देश बनाउने भन्दै जनताको नाममा शपथ खाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एक वर्षसम्म आफैँ बन्न सकेको छैन । जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र विघटित भएर नेकपाको धुरी त बन्यो । तर जिल्ला तहको खाँबो नठडिँदा नेकपाको धुरी धर्मराउन थालेको छ ।

९ महिनाको बीचमा नेकपाको नियति कार्यदल बनाउने र भत्काउनेमात्रै भएको छ । शुक्रबार पनि नेकपाले रामबहादुर थापा नेतृत्वको ९ सदस्यीय कार्यदल विघटन गर्‍यो । गत मंसिर २९ गतेदेखि पुस १३ गतेसम्म बसेको पार्टी सचिवालयको बैठकले रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो ।

तर, के काम गर्ने भन्ने टीओआरमै दुई महिना अल्मलिएर तीन पाने प्रतिवेदन बुझाएपछि शुक्रबार सचिवालयले कार्यदलको आयु लम्ब्याउन चाहेन । र, एकीकरणको सम्पूर्ण प्रस्ताव आफैँले तयार पार्ने जिम्मा लियो ।

Prabhu Bank
Agni Group
NIC Asia

‘काम गर्ने छाँट नदेखाएपछि लम्ब्याउन चाहेनौँ’

कार्यदल विघटन गरेपछि नेकपाको एकीकरण थप अनिश्चित बनेको कार्यकर्ता बताउँछन् । एकाथरीले सचिवालयमा नेताहरूको ठाडो भागवण्डा हुने बताउन थालेका छन् भने अर्काथरीले सचिवालयले नै अन्तिम रूप दिने भएकाले कार्यदलको उपादेयता सकिएकोरूपमा अर्थ्याउन थालेका छन् ।

Global Ime bank

“कार्यदलले दुई महिना लगाएर आंशिक प्रतिवेदनमात्रै बुझाएकाले म्याद थप्न आवश्यक ठानेनौँ,” सचिवालय सदस्य एवम् चौथो वरीयता नेता झलनाथ खनालले शुक्रबार बाह्रखरीसँग भने । उनकाअनुसार अब सचिवालयले नै यसअघिका कार्यदलको सुझावअनुसार प्रस्ताव तयार पार्छ ।

नारायणकाजी श्रेष्ठको विचार पनि त्यस्तै छ । कार्यदल र सचिवालय दुवैको म्यान्डेड प्रस्ताव तयार पार्ने रहेकाले विघटन हुँदैमा खासै फरक पर्दैन । भन्छन्, “अन्तिम निर्णय गर्ने त स्थायी कमिटीले नै हो ।”

पुस १३ को स्थायी कमिटी र पुस १६ को अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन पनि प्रस्ताव तयार पार्ने भएकाले अब कार्यदललाई दिएको कार्यदेश सचिवालयले नै बहन गर्ने श्रेष्ठले जानकारी दिए ।

माधव नेपाल समूहको काँधमा बन्दुक राखेर पड्काउँदै प्रचण्ड

नेकपा स्रोतका अनुसार पुष्पकमल दाहालको भूमिका भत्काउने र बनाउने दुवै देखिएको छ । सचिवालयको बैठकमा म्याद थपका विषयमा अध्यक्ष ओलीको कुरा काट्न नसक्ने तर बाहिर निस्किएर समानान्तर प्रतिवेदन बुझाउन नेपाल समूहलाई साथ दिने उनको दोहोरो चरित्र देखिएको नेकपाका नेता बताउँछन् ।

“सचिवालयको बैठकमा म्याद थपौँ भनेर ओलीलाई कन्भिन्स गर्न नसक्ने तर बाहिरबाहिर नेपाल पक्षका नेताहरूलाई समानान्तर प्रतिवेदन बुझाउन सहयोग गर्नेजस्तो उनको भूमिका देखिएको छ,” नेकपाका एक नेता बताउँछन् ।

कार्यदल विघटन गरिएकोमा नेपाल समूह रूष्ट बनेको छ । यसअघि कार्यदलका संयोजक रामबहादुर थापाले बनाएको तीन पाने प्रतिवेदनमा नेपाल पक्षका नेताहरूको तीव्र असहमति थियो । बैठक डाक्न अनाकानी गर्ने । लगातार बैठक बसौँ र कार्यादेश पूरा गरौँ भन्दा नमान्ने । सात दिनमा करिब १० घन्टा बैठक बस्ने र टीओआर (कार्यादेश) का बारेमा पनि प्रष्ट नहुने । अन्तिममा कार्यदलाई नै निस्कृय बनाउन लागेको भन्दै नेपाल समूहले म्याद थपको निष्कर्ष नराख्दासम्म प्रतिवेदनमा हस्ताक्षर गर्न मानेको थिएन ।

स्थायी कमिटीको बैठकको निष्कर्ष, भावना, मर्म विपरित कार्यदललाई विघटन गरिएको भन्दै सदस्य योगेश भट्टराईले महासचिव विष्णु पौडेल र कार्यदलका संयोजक रामबहादुर थापा बादललाई ‘अकर्मण्य’ को संज्ञा दिन्छन् ।

“कार्यदलले काम नटुंग्याउनुमा महासचिव पौडेल र बादल नै दोषी हुनुहुन्छ,” भट्टराईले बाह्रखरीसँग भने, “हामी कार्यदल असक्षम भएको सन्देश दिने पक्षमा छैनौँ । एकीकरणको खाका, कार्यविभाजनको सिफारिससहितको सूची बुझाउनेछौँ ।”

भट्टराईका अनुसार कार्यदल विघटनको विपक्षमा रहेका कार्यदलका पाँच जना सदस्यले शनिबार सचिवालयमा सात पाने प्रतिवेदन बुझाउने तयारीमा जुटेका छन् । नेपाल पक्षका योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र प्रचण्ड समूहका वर्षमान पुन र लेखराज भट्टले हस्ताक्षर गरेर प्रतिवेदन बुझाउने तयारी गरेको बताइन्छ ।

नेपाल समूहका अनुसार फरक मतसहितको प्रतिवेदन बुझाउने बारेमा प्रचण्ड समूहका भट्टसँग कुरा भइसकेको छ भने ऊर्जामन्त्रीसमेत रहेका पुन उपत्यका बाहिर रहेकाले उनी आएपछि हस्ताक्षर गरेर बुझाउने तयारी गरिएको छ ।

यो पनि पढ्नुहोस्
कार्यदलको म्याद थप्नेबारे नेकपामा विवाद

नेकपा सचिवालय बैठक : कार्यदलले माग्यो एक साता

नेकपा सचिवालय बैठक बस्दै, कार्यदलको प्रस्तावमा छलफल हुने 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement