site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बिनानिष्कर्ष सकियो राप्रपाको बैठक, शुक्रबार पुनः बस्ने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ । बैठक आज मध्याह्न १२ बजेका लागि दलको कार्यालय सिंहदरबारमा बोलाइएको थियो । 

बैठकमा विषयवस्तुमाथि सामान्य छलफल मात्र भएको प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

यता, संसदीय दलका उपनेता बुद्धिमान तामाङका अनुसार बैठक संसद्को आसन्न बजेट अधिवेशन केन्द्रित भएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत रहेका रास्वपा सभापति मुछिएको आरोप दलहरूले लगाउँदै आएका छन् । यो प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा कांग्रेससँगै राप्रपा पनि छ । 

यी विषयहरूमा के गर्ने भन्ने सामान्य छलफल भएको तामाङले बताए । “पशुपतिजी पनि आउनु भएन । सामान्य छलफल गरेर पर्सीलाई बैठक बस्ने कुरा भयो र हामी उठ्यौँ,” उनले भने ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement