site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘मिस नेपाल पिस’को आवेदन खुला
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्काइफल ‘मिस नेपाल पिस’को सातौ संस्करणका लागि आवेदन खुला भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले बुधबार विज्ञप्ति जारी गरी प्रतियोगिताको आवेदन खुला भएको जनाएको छ ।

मिस नेपाल पिस’ स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सौन्दर्य प्रतियोगिता हो । ‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहितको यो प्रतियोगिताका लागि १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइ भएका अविवाहित युवतीले आवेदन दिन सक्ने विज्ञप्तिमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले प्रतियोगिता ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको छ ।

आयोजक संस्थाका अध्यक्ष रवि धमलाले देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सको उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गरे ।

Global Ime bank

प्रतियोगीताको पहिलो अडिसन ११ फागुनमा राजधानीमा हुँदैछ । सहभागी हुन चाहनेले नेक्स्ट मोडल्स नेपालको केन्द्रीय कार्यलय टेकुबाट आवेदन फर्म भर्न सक्नेछन् ।

प्रतियोगिताका विजेताले एक लाख नगदका साथै अमेरिका र अष्ट्रेलिया अध्ययनका लागि छात्राबृती जित्न सक्नेछन् । 
फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC