site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
श्रम मन्त्रालयको वार्षिक प्रगति : १३१ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीलाई इजाजत, ११ वटा श्रम तथा रोजगार कार्यालय स्थापना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वार्षिक कार्यप्रगति सार्वजनिक गरेको छ ।  मन्त्रालयले ०७४ फागुनदेखि ०७५ फागुन १ सम्मको कार्यप्रगति सार्वजनिक गरेको हो । प्रत्येक प्रदेशमा कम्तीमा एउटा कार्यालय रहने गरी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा श्रम तथा रोजगार कार्यालय स्थापना गरेको जनाएको छ । 

यस्तै हाल ११ वटा श्रम तथा रोजगार कार्यालय स्थापना भएका छन् । यी कार्यालयबाट श्रम प्रशासनसम्बन्धी काम र वैदेशिक रोजगारीका लागि सर्वसाधारणले आवश्यक सेवा सजिलो हुने मन्त्रालयको विश्वास छ । यसका साथै मन्त्रालयले श्रमिक आपूर्तिकर्तामार्फत श्रमिकलाई लगाउन सकिने कामको सूचीहरू नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।

हालसम्म १३१ श्रमिक आपूर्तिकर्ता कम्पनीलाई उक्त कार्यका लागि ईजाजत दिएको छ । “यस्ता कम्पनीमार्फत विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरूको सेवा सुविधामा सुनिश्चितता मिल्नेछ,” मन्त्रालयले जनाएको छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement