site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बढी बलात्कार \'छिमेकी\'बाटै ! निर्मला प्रकरणमा कहाँ चुक्यो प्रहरी ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरण अहिले पनि चर्चामा छ । निर्मला प्रकरणका अभियुक्तको पहिचान हुन सकेको छैन । घटना भएको साढे ६ महिना बित्नलाग्दा पनि अपेक्षाकृत नतिजा हात परेको छैन । 

प्रहरीकै अधिकारीको भनाईलाई आधार मान्ने हो भने नेपाल प्रहरीको इतिहासमा निर्मला प्रकरण एक बिर्सनै नसकिने अप्रिय घटना हो । 

निर्मला हत्याको अनुसन्धानमा प्रहरीबाटै लापरबाही भएको भन्दै अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारवाही भएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले उक्त अनुसन्धानमा सक्रिय भएर लागेको बताउँछन् । ‘‘ढिलोचाँडो नतिजा आउँछ । कानुनको नजरबाट अपराधी कहिल्यै उम्किन सक्दैन,’’ प्रवक्ता सुवेदीले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्मला हत्याको अनुसन्धानमा नेपाल प्रहरीको उच्चतम स्रोत साधनको सदुपयोग गरी अनुसन्धान कार्य जारी राखेको सुवेदी बताउँछन् । निर्मला प्रकरणमा प्रहरी विवादमा मुछिएपछि अधिकांश घटनाको प्रहरीले सफल अनुसन्धान गरेको प्रहरी तथ्याङ्क छ । 

बाह्रखरीलाई प्राप्त एक तथ्याङ्कअनुसार चालु आर्थीक वर्षको वैशाखदेखि हालसम्म भएका बलात्कारका घटनाको अनुसन्धानमा ९५ प्रतिशत सफलता प्राप्त भएको छ । प्रहरी तथ्याङ्कका अनुसार नेपालमा अधिकांश बलात्कारका घटनामा चिनजानकै व्याक्तिको संलग्नता रहेको पाइएको छ ।

Global Ime bank

गत आर्थिक वर्षमा देशभर १ हजार ४५३ बलात्कारका घटना भए । जसमा नचिनेका व्यक्तिबाट ३८४ घटना (२६ प्रतिशत), एकैघरको परिवारबाट १०९ घटना (आठ प्रतिशत), नातेदारबाट २८ घटना (दुई प्रतिशत), साथीभाई–छिमेकीबाट ५२१ घटना (३६ प्रतिशत) अन्य चिनेजानेकोबाट ४०६ घटना (२८ प्रतिशत) र शिक्षक र मालिकबाट ५ वटा बलात्कारका घटना भए ।

चालु आर्थिक वर्षमा हालसम्म ५८८ बलात्कारका घटना भएको प्रहरी तथ्याङ्कले देखाउँछ । जसमा नचिनेकोबाट २० घटना (तीन प्रतिशत), एकैघरको परिवारबाट ३२ घटना (चार प्रतिशत), नातेदारबाट २० घटना (तीन प्रतिशत), साथीभाई–छिमेकीबाट २०९ घटना (२७ प्रतिशत) अन्य चिनेजानेको बाट २८६ घटना (३७ प्रतिशत) र शिक्षक र मालिकबाट २१ घटना (तीन प्रतिशत) बलात्कारका घटना भए । 

प्रहरी अधिकारीका अनुसार अबोध बालिका र शारीरिक–मानसिक अवस्था कमजोर भएकाहरूमाथि बलात्कारका घटना बढ्ने गरेका छन् । 

प्रहरी तथ्याङ्कअनुसार एकैघरका परिवार, नातेदार, सहपाठी, शिक्षक, साथी, छरछिमेकी तथा चिनजानको व्यक्तिबाट ७४ प्रतिशत र  नचिनेको व्यक्तिबाट जम्मा २६ प्रतिशत बलात्कारका घटना हुने गरेका छन् ।  प्रहरी तथ्याङ्कका अनुसार चालु आर्थिक वर्षमा जबर्जस्ती करणीमामा १हजार ४५३ मुद्दा दर्ता भए । 

जसमध्ये १ हजार ३७५ को सफल अनुसन्धान भएको र ७८ थाती रहेका छन् । कुल घटनाको अनुसन्धानमा प्रहरी ९५ प्रतिशत सफल भएको तथ्याङ्कको दाबी छ । 

प्रहरीले ९५ प्रतिशत घटनामा सफलता हात पारेपनि निर्मला प्रकरणमा भने प्रहरी नै विवादमा प¥यो । प्रहरी अधिकारीहरु नै निर्मला प्रकरणमा सुरुबाटै अनुसन्धान लगायतका विषयमा प्रहरीबाट कमजोरी भएको बताउँदै आएका छन् । 

तस्बिर गुगलबाट 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement