site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारी गाडी जलाउने नेविसंघ नेताहरु साधारण तारेखमा रिहा

काठमाडौं । कास्कीको पोखरामा सरकारी सवारी साधनमाथि आगजनी गरेको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरु साधारण तारेखमा रिहा भएका छन् ।  ग0त शनिबार आगजनी गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरु परशुराम बस्नते, डिफान भुजेल र विनय पौडेललाई आज (शुक्रबार) जिल्ला अदालत कास्कीले साधारण तारेखमा रिहा गरेका हो ।  

तीनै जनालाई अदालतले साधारण तारखेमा रिहा गरेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिएका छन् । उनीहरु माथि प्रहरीले झुटा मुद्दा दायर गरेको दाबी गर्दै नेविसंघ विनासर्त रिहाईको माग अघि सारेर आन्दोलन गर्दै आएका थियो । 

Argakhachi Cement Island Ad

अदालतबाट साधारण तारेखमा रिहा भएका विद्यार्थी नेताहरुसँगै बसेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघलाई आगामी दिनमा नजिस्क्याउन चेतावनी दिएका छन् । ‘‘ज्यानमारा, बलात्कारी, अर्बौ रुपैयाँको भ्रष्टाचार गर्नेलाई समात्न नसक्ने यो सरकारलाई नेविसंघ पुनः नजिस्क्याउन आग्रह गर्दछ ।’’

आन्दोलनकै क्रममा गत मंगलबार नयाँ बानेश्वरमा निषेधाज्ञा तोडेर प्रदर्शन गर्दा अध्यक्ष नैनसिंहर महर, उपाध्यक्ष नवीन राईसहित १२ जना विद्यार्थी नेताहरु पक्राउ परेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  १७:१६
प्रतिक्रिया दिनुहोस्