site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सरस्वती र धनबहादुर वर्षका उत्कृष्ट भलिबल खेलाडी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । शसस्त्र प्रहरी बलको एपिएफकी स्टार सरस्वती चौधरीले मनोरञ्जनरमण शर्मा वर्षको उत्कृष्ट महिला भलिबल खेलाडीको अवार्ड जितेकी छन् । वर्षभरी गरेको प्रदर्शनका आधारमा नेपाल भलिबल संघले आफ्ना अध्यक्ष मनोरञ्जनरमण शर्माको नाममा स्थापना गरेको अवार्डको महिला विधामा सरस्वती उत्कृष्ट चुनिएकी हुन् । पुरुषतर्फ अर्को विभागीय टोली त्रिभुवन आर्मीका धनबहादुर भट्ट उत्कृष्ट भए । वर्षको उत्कृष्ट खेलाडी घोषित सरस्वती र धनबहादुरले जनही ३० हजार रुपैयाँ पुरस्कार पाए । 
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायत पदाधिकारीले सरस्वती र धनबहादुरलाई सम्मान गरेका थिए । रामेछापमा जारी भलिबल प्रतियोगितामा सहभागि भएका कारण धनबहादुर सम्मान कार्यक्रममा उपस्थित थिएनन् । गतवर्ष भएका ११ मध्ये १० प्रतियोगितामा एपिएफ च्याम्पियन हुँदा सरस्वती उत्कृष्ट खेलाडी भएकी थिइन् । 
उनको एपिएफ यो वर्ष ८ प्रतियोगितामा च्याम्पियन हुँदा सरस्वती ८ प्रतियोगितामा नै उत्कृष्ट खेलाडी भएकी थिइन् । यस्तै आर्मीका धनहादुरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । खेलाडीको प्रतिभालाई सम्मान गर्ने उद्देश्यले संघले गत वर्षबाट अध्यक्षको नाममा कार्यक्रम गर्न थालेको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC