site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल–भारत व्यापार सन्धिः पुनर्विचार गर्ने कि पुनर्लेखन ? 
SkywellSkywell

काठमाडौं । नेपाल–भारत व्यापार सन्धि पुनरावलोकनसम्बन्धी दोस्रो बैठक आज (बिहीबार) देखि सुरु भएको छ । गत साउनमा भएको पहिलो चरणको वार्तामा खोलेका छलफलको दायरालाई संश्लेषित गर्ने उद्देश्यसहित दास्रो चरणको वार्ता सुरु भएको हो ।

पोखरामा सुरु भएको वार्ता भोलिसम्म चल्नेछ । वार्तामा नेपालको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सवीशंकर सैंजूले लिएका छन् । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य विभागमा संयुक्त सचिव (दक्षिण एसिया) भुपिन्दर सिंह भल्लाले गरेका छन् । वार्ता विशेषतः नेपालले भोगिरहेको व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको पहलमा केन्द्रित हुनेछ । सहसचिवस्तरीय वार्ता पूर्वाधार र आयात–निर्यातमा रहेको सुविधाका विषयमा पनि चल्ने बताइएको छ ।

विशेषगरी वार्ताले सन्धिमा नेपालको हितमा हुनेगरी परिमार्जन गर्न माग गरिने बताइएको छ । वार्तामा भारतले नेपाली उत्पादनमा लगाएको कोटा प्रणाली, नेपालले भारतलाई दिँदै गरेको सहुलियत हटाउन तथा भारतले नेपाली उत्पादनमा लगाउँदै आएको एन्टि डम्पिङको नियम हटाउन पहल गरिँदैछ ।

Dabur Nepal
NIC Asia

यता, नेपाल र भारतबीचको सन्धि जेजस्तो भएपनि नेपाली अधिकारीहरुलाई भारतीय अधिकारीहरुले विश्वास नगर्नु नै द्विपक्षिय व्यापारको सबैभन्दा ठूलो चुनौति रहेको जानकारहरु बताउँछन् । सरकारी उच्चस्तरीय स्तरबाट यो चुनौति हल गर्न नसकिने भएका राजनीतिक स्तरबाटै यसको समाधान गरिनुपर्ने उनीहरुको सुझाव छ ।

त्यसो त, व्यापारी–व्यापारीबीच नै आवाज तथा विश्वासमा एकरुपताको कमी रहेको देखिएको छ । सबैले दुई देशबीच भएको सन्धिमा नेपाली हितमा हुनेगरी पुनर्विचार गरिनुपर्ने सुझाव दिएका छन् । तर, केहीले भने सन्धि नै पुनर्लेखन गर्नुपर्नेमा जोड दिएका छन् ।

सन्धि पुनरावलोकन वार्तामा उठाइनुपर्ने विषयबारे बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपाल–भारत व्यापार सन्धिमा भारतलाई मात्र फाइदा भएको बताए । यसर्थ, द्विपक्षीय हितमा बनाउने गरी सन्धि पूरै पुनर्लेखन गरिनुपर्ने उनको तर्क छ । उनले भने, “भारतले नेपाली उत्पादनमा बिना हिचकिचाहट एन्टि डम्पिङ नियम लगाउँदै आएको छ । यसकारण हाम्रो उत्पादन निर्बाध रुपमा भारत प्रवेश हुन पाउँदैनन् ।” भारतले कार्यान्वयनमा ल्याएका कानुनका कारण नेपालका विभिन्न उत्पादन सहज भारत प्रवेश पाउँदैनन् । कृषिदेखि औद्योगिक उत्पादनसम्म भारत प्रवेशमा कडाइ छ ।

नेपालले पनि आफ्नो व्यावसायिक हैसियत कायम राख्नुपर्ने उनको सुझाव छ । उनले प्रश्न गरे, “हामीले निर्यात गर्ने उत्पादनमा भारतले कडाई गर्दा हामीले कडाई गर्न किन नहुने ? यसो गरे भारतसँगको व्यापार घाटामा कमी त आउँछ ।”

भारतसँग कडा भएर प्रस्तुत हुन नेपालले खुट्टा कमाएको उनको दाबी छ । उनले भने, “सरकारले अभिभावकत्व लिओस्, सन्धिमा आफूलाई बेफाइदा हुने विषयहरु खारेज गरोस् ।” आफ्नो कम्पनीले उत्पादन गरेको कम्पनी ओषधी भार निर्यात हुन नपाउनुमा उनको ठूलो आक्रोश छ । उनले भने, “हाम्रा गुणस्तरीय औषधी भारत नजाने, त्यहाँ ढुसी परेका औषधी नेपाली जनताले जलाउनुपर्ने ?”

उनले उद्यमशील नेपालीमाथि कुप्रभाव पार्ने सबैं व्यवस्था खारेज गर्न आग्रह पनि गरे । यति ठूलो व्यापार सन्धि पुनरावलोकन गर्नेबेलामा अहिले सरकारले नयाँ सचिव नियुक्त गरेको छ । उनले सन्धि बुझ्नै समय लाग्ने भएकाले नेपालको क्षमतामा प्रश्न उठ्ने गरेको जानकारहरुको भनाइ छ ।

यसैबीच नयाँ वाणिज्य सचिवले खुलारुपमै द्विपक्षिप हितका विषयमाथि छलफल हुने बताएका छन् । नेपालको व्यापार घाटा, विशेषगरी भारतमाथिको परनिर्भरताका समस्या समाधान गर्नेतर्फ पहल उनले बताए ।

उनले भने, “कनेक्टिभिटि, ननट्यारिफ ब्यारियर र साफ्टाका कारण प्रभावित एमएफएनको दायरामाथि छलफल हुनेछ । वार्ताले आपसी पहिचानमा जोड दिँदैछ ।” हित दुवै पक्षको हुने उनको दाबी छ ।

त्यसो त, सन्धि पुरावलोकन एकैपटक सकिहाल्ने विषय होइन भने तत्कालै सल्ट्याउनुपर्ने विषयका बारेमा मात्र छलफल गर्नुपर्ने वार्ता पनि होइन । सरकारले भने सबैपक्षबाट आएका सुझाव आत्मसात् गर्दै पुनरावलोकन वार्तामा सहभागी भएको जनाएको छ ।

मन्त्रालयका अनुसार वार्ता सम्भवतः अर्को चरणमा पनि जान सक्छ । सामान्यतयाः सन्धि पुनरावलोकनका लागि ४ देखि ६ चरणका वार्ता हुने गर्दछन् । यता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले आन्तरिक क्षमता विकास गरेर मात्र अरुसम्म पुग्नुपर्ने बताए । उनले भने, “पहिलो आन्तरिक क्षमता गर्नुपर्छ, आफू बलियो हुनुपर्छ । तर, मार्केटमा उत्पादन बिक्री गर्न सहज छ भने उत्पादन वृद्धि गर्न सकिन्छ ।”

वनस्पति घिउको आयातमा भारतले कोटा सेट गर्दा यहाँको उत्पादन कम हुन थालेको थियो । अहिले सोही उत्पादन प्रवद्र्धन गर्न खोज्दा ‘उत्पादन कम भएको छ किन कोटा बढाउनुपर्यो ?’ भनी प्रश्न गर्ने गरिएको ढकालले बताए । उनका अनुसार तर, अहिलेको सकारात्मक पक्ष भनेको विश्वास बढ्नु हो । सोही कारण नेपाललाई कसरी सजिलो हुन्छ भन्ने विषयमा छलफल कन्द्रित हुने उनको दाबी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro