site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीसँग गगन थापाको आक्रोश– दायाँ बायाँ राखेर भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत कामविरुद्ध सडक र सदन संघर्ष जारी राख्ने चेतावनी दिएको छ ।  चिकित्सा शिक्षा सुधारलगायतका विषयमा आफुहरुले उठाएको मागलाई दुईतिहाईकोे दम्भ र अंहकारबाट मिच्ने काम गरेको भन्दै कांग्रेसले सरकारका गतल काम विरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएको हो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले सरकारका गलत काम विरुद्ध आश्चर्यजनक ढंगले प्रतिकारमा उत्रने बताएका हुन् ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा सरकारले प्रतिपक्षी दलका नेतालाई छल्ने काम गरेको भन्दै उनले सरकारका हर गलत काम विरुद्ध कांग्रेस उभिने चेतावनी दिए ।

Agni Group
NIC Asia

उनले भने, “हामीले सरकारले प्रतिपक्षी दलसँग गरिएको व्यवहार सम्झिरहने छौं । सरकार संसारलाई आश्चर्यचकित बनाउने काममा लागिरहोस् । प्रतिपक्षी देखिएन भनेको होइन सरकारले ? प्रतिपक्षी सुनिएन भनेको होइन सरकारले ? भोलिदेखि सडकबाट पनि सदनबाट पनि सरकारलाई प्रतिपक्षी कहाँ छ ? भनेर पनि देखाउँछौं । र अब सरकारलाई आश्चर्यचकित पार्ने पालो हाम्रो । सरकारलाई प्रतिपक्षी देखाएर प्रतिपक्षी कस्तो हुँदो रहेछ भनेर आश्चर्य पार्छौँ ।”

संविधानको सार्थक कार्यान्वयनको पक्षमा आफुहरु रहेको भन्दै उनले सरकारका काम कारवाहीले श्रृजना गरेको आक्रोशले उपलब्धिलाई ध्वस्त पार्ने खतरा औल्याए ।

Global Ime bank

उनले भने, “सरकारको असक्षमता र अंहकारले एक पछि अर्को निम्त्याएको घटना र काण्डले गर्दा हामीलाई चिन्ता लाग्न थालेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति त्यो आक्रोश नतेर्सियोस् । सरकारले श्रृजना गरेको निरासाको आगोमा कोही रोटी सेक्न नआओस् । जातका नाममा धर्मका नाममा झण्डा बोकेर नआओस् ।”

चिकित्सा शिक्षामा देखिएका थुप्रै अनियमिताविरुद्ध उत्रिएका डाक्टर गोविन्द केसी विरुद्ध विरोधका बाबजुत चिकित्सा शिक्षा विधेयक पास गरेर सरकारले दुई तिहाईको क्षमता प्रर्दशन गरेको भन्दै उनले सरकारलाई बधाई दिए ।
उनले भने, “जोगी डाक्टरले सरकारसँग निहुँ खोज्यो । त्यो पनि दुई तिहाईको सरकारसँग । यस्तो बलियो सरकारसँग । सरकारले देखाईदियो । सरकारलाई बधाई छ ।”

डाक्टर केसीको मागविरुद्ध सरकारले ल्याएको विधेयकबाट चिकित्सा शिक्षामा अनियमिता गर्नेहरु, त्यसलाई प्रश्रय दिने र सरकारमा रहेको दल नेकपाका सांसद पनि खुसी भएको टिप्पणी गरे ।

उनले भने, “लोकमानसिंह कार्कीदेखि लिएर कालिकास्थानको टहरामा गएर मेडिकल कलेज संञ्चालन गर्नेसम्म सरकारले डाक्टर केसीलाई देखाई दिएकोमा खुसी भएका छन् । यत्रो मान्छेलाई खुसी बनाउने सरकारलाई बधाई छ ।”

उनले भूमिहीन दलितका लागि, बालबालिकाको हक हितका लागि, शिक्षामा राज्यको भूमिका बढाउने सवालमा नदेखिएको सरकारको दुई तिहाईको दम्भ चिकित्सा शिक्षा विधेयक पास गर्नमा देखिएको बताए ।

उनले भने, “कमरेड मनमोहनका लागि दुई तिहाई देख्न नपाएपनि कमरेड मार्सीमोहनका लागि दुई तिहाई देख्न पाईयो सरकार र सरकारको दललाई बधाई ।”

उनले भने, “प्रधानमन्त्री प्रतिको विश्वास सुत्यो । प्रधानमन्त्रीप्रतिको विश्वास ढल्यो । यो ढलेको विश्वासलाई कसले उठाईदिने ? प्रधानमन्त्रीको इमानमा डढेलो लाग्यो पानी कल्ले हाल्दिने ? संसार आश्चर्य चकित भएको छ यस्तो वितण्डावादी तर्क, वाक् छलवादी प्रवृति देखेर जनता दिक्क भएका छन् आक्रोशित भएका छन् ।”

उनले भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने प्रधानमन्त्रीलाई आफ्नै वरपर भइरहेको भ्रष्टाचारलाई एकपल्ट नियाल्न आग्रह गरे । उनले भने, “प्रधानमन्त्री भन्नुहुन्छ, म भष्टाचारी को अनुहार हेर्दिनँ । दाँया भ्रष्टाचारी, बाँया भ्रष्टाचारी,  विमान किन्दा भ्रष्टाचार, जलविद्युत्मा भ्रष्टाचार, बैदेशिक रोजगारीमा भ्रष्टाचार, दुरसंचारमा भ्रष्टाचार । यत्र तत्र भ्रष्टाचारी राखेर हेर्दै गर्दा, प्रधानमन्त्रीले म भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्दै गर्दा मलाई डर लाग्न थालेको छ । प्रधानमन्त्रीले ऐना हेर्ने अवस्था बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।”

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०७५  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय