site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पारस शाहको स्वास्थ्यमा सुधार, आज डिस्चार्ज हुन सक्ने 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । तेस्रोपटक हृदयाघातका कारण नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । उनी आज अस्पतालबाट डिस्चार्ज हुन सक्ने बताइएको छ ।

उनी बिरामी भएपछि स्थलमार्ग हुँदै सिमराबाट काठमाडौं आएकी पूर्वरानी कोमल पारसको स्वास्थ्यमासुधार भएपछि फर्किसकेको पारिवारिक स्रोतले बताएको छ । तर पूर्वराजा ज्ञानेन्द्र शाह र पारसकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह भने पारसलाई भेटन् नआएको स्रोतले जानकारी दियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पारस निकट शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘पूर्वयुवराजको स्वास्थ्यमा सुधार आएकाले आज डिस्चार्जको सम्भावना रहेको छ । चिकित्सकहरुको टोलीले आज बिहान ११ बजेतिर चेक गरेपछि उहाँलाई अस्पतालमै राख्ने कि डिस्चार्ज गर्ने भन्ने बारेमा निर्णय हुनेछ ।’’

उनका अनुसार स्वास्थ्यमा उल्लेख्य सुधार भएकै कारण पूर्वरानी कोमल सिमरा फर्केकी हुन् । ‘‘पूर्वयुवराज नर्मल अवस्थामा आइसक्नु भएको छ । खानापनि खाइरहनुभएको छ । तर, अस्पतालले अन्तिम निष्कर्ष दिएपछि उहाँ बस्ने वा डिस्चार्ज हुने भन्ने कुरा टुंगो लाग्ने हो,’’बस्नेतले भने ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro