site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लिग वानको खेलमा सालाको सम्मान

एजेन्सी । नान्टेसका खेलाडीहरुले फ्रान्सेली लिग वानअन्तर्गत बुधबार राती सेन्ट इटेनविरुद्ध १–१ को बराबरीमा टुंगिएको खेलमा टिमका पूर्व सहयात्री इमिलियानो सालाको नामअंकित जर्सी लगाएर मैदान उत्रिए । अर्जेन्टिनी स्ट्राइकर साला उडेको विमान वेपत्ता भएपछिको पहिलो खेलमा पूर्व सहयात्रीको सम्मानमा नान्टेसका खेलाडीले उनको नाम अंकित जर्सी लगाएका हुन् । साला र पाइलट डेविड इबोट्सन रहेको सानो विमान जनवरी २१ मा च्यानल आइल्यान्डवरीपरी पुगेपछि वेपत्ता भएको थियो । 

नान्टेसबाट इङलिस प्रिमियर लिगको टोली कार्डिफ सरुवाको प्रक्रिया पूरा गरेपछि कार्डिफतिर लागेका २८ वर्षे साला जीवित नरहेको विश्वास गरिएको छ । उनको सम्मानमा बुधबारको खेलअघि पनि रगशालामा भावुक सम्मान कार्यक्रम आयोजना गरिएको थियो । खेलअघि नान्टेसको जर्सीमा रहँदा सालाको खेलको भिडियो प्रदर्शन गरिएको थियो । दर्शकहरु सालाको सम्मानमा रोइरहेका थिए भने अर्जेन्टिनाको झण्डा र सालाको फोटो रंगशालाभरी प्रदर्शन गरिएको थियो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro