site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपालाई कांग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउँछौँः कमल थापा
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

हेटौँडा, रासस । राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
कम्युनिष्टको विचार बोकेर कांग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उनले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो कांग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्ने तर्क गरे । 

‘हिन्दूत्व जनजाँगरण अभियान’ अन्तर्गत हेटौँडा–६ मा उक्त पार्टीद्वारा आज आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एक पटक सबै उठ्नुपर्ने समय आएको विचार व्यक्त गरे । मुलुकमा भ्रष्टाचार मौलाएको छ भन्दै उनले वाइड बडी विमान काण्ड, सुन काण्ड र विदेशमा राखिएको कालो धन छानबिनको विषयमा सरकार उदासीन हुनु दुर्भाग्यपूर्ण भएको बताए । निर्मला पन्तको विषयलाई अहिलेसम्म टुङ्गोमा पु¥याउन नसक्नु सरकारको निमित्त लज्जाको विषय बन्नुपथ्र्यो भन्दै उनले विधिको शासन छैन, मनपरि छ, जसले जे गरे नि हुने अवस्था लोकतन्त्रको निमित्त घातक हुनसक्नेमा जोड दिए । 
राप्रपा कुनै धर्मको विरोधी नभएको भन्दै धर्म निरपेक्षताले मुलुकमा धार्मिक सद्भाव र द्वन्द्व निम्त्याइएको चर्चा गर्दै थापाले भने, “गरीबी र अशिक्षाका कारण धर्म परिवर्तन गराइएको छ, यो रोकिनु पर्छ । ” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय