site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वका शीर्ष २६ जनाको सम्पत्ति ४ अर्ब गरिब जनता बराबर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

एजेन्सी । सोमबार अक्सफम इन्टरनेस्नलले सार्वजानिक गरेको रिपोर्टमा विश्वका अर्बपतिहरु दैनिक २.५ अर्ब डलरले धनी बन्दै गइरहेको तर  पृथ्वीको आधा भन्दा बढी जनसङ्ख्याको कूल आय दिनप्रति दिन कम भइरहेको देखिएको छ । 

हाल विश्वमा २ हजार २०८ अर्बपति रहेका छन् । जसको सम्पत्ति २०१८ मा १२ प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख छ । एक दशक अगाडिको विश्वव्यापी आर्थिक संकटपछि अर्बपतिहरुको सङ्ख्या दुई गुनाले बढेको हो । रिपोर्टका अनुसार प्रत्येक दुई दिनमा नयाँ अर्बपति थपिँदै गइरहेका छन् भने गरिब जनताको सम्पत्ति चाहिँ ११ प्रतिशत अर्थात ५० करोड डलरले कम भइरहेको देखिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसरी डाभोसमा हुन गइरहेको विश्व आर्थिक सम्मेलन अगाडि सार्वजानिक गरिएको १०६ पृष्ठको यो वार्षिक प्रतिवेदनले धनी र गरिब बीचको बढ्दो अन्तरबारे विश्वको ध्यानाकर्षण गराएको छ । यसरी विश्वका शीर्ष धनी व्यक्तित्वहरुको सम्पूर्ण सम्पत्ति जोड्दा पछिल्लो वर्ष १५ खर्ब डलर पुगेको छ । यो ३.८ अर्ब गरिब जनताको सम्पति बराबर हो । 

फोब्र्सको सूचीमा शीर्ष स्थान हासिल गर्नमा अगाडि रहेका अमेरिकाका चार सर्वाधिक धनी व्यक्ति – अमेजोनका जेफ बेजोस, माइक्रोसफ्टका बिल गेट्स, बर्कसायर हथवेका वारेन बफेट र फेसबुकका मालिक मार्क जुकरबर्गको सम्पत्ति जोेड्दा मात्र पनि ३५७ अर्ब डलर हुन्छ । 

Royal Enfield Island Ad

देशले उचित कर प्रणाली लागु गर्दै प्राप्त राशिलाई निःशुल्क स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुली लगायतका सार्वजानिक सेवामा उपयोग गर्नुपर्ने अक्सफमको सुझाव छ । तर पछिल्लो समय विश्वमा व्यक्तिगत कर प्रणाली हट्दै गएको पाइएको छ । जसकारण देशले धनीहरुबाट पर्याप्त कर उठाउन नसकेपछि अप्रत्यक्ष कर वृद्धि गराउने गरेको पाइएको छ । यसरी नुन, चिनी, साबुन लगायत उपभोग्य वस्तुहरुमा कर बढाउँदा यसले गरिब जनतालाई दबाबमा पार्ने गर्दछ । उनीहरुले आफ्नो आम्दानीको धेरै प्रतिशत खर्चिनु पर्ने हुन्छ भने धनीहरुले तुलनात्मक रुपमा कम खर्च गरिरहेका हुन्छन् । 

यस्तो अवस्थामा सरकारले व्यक्तिगत र संस्थागत कर वृद्धि गर्नुका साथै ठुल्ठूला कम्पनीहरुलाई करछली गर्नबाट रोक्नुपर्ने अक्सफमको भनाइ छ । अमेरिकाका नवनिर्वाचित डेमोक्रेटहरुले पनि कर सम्बन्धि यस्तै कानुन संसोधन गर्न पहल गरेका छन् । अक्सफामका कार्यकारी अधिकृत विनी ब्यानिमाका अनुसार सोमबारको उक्त रिर्पोटले विश्वव्यापी आक्रोश उत्पन्न गराइरहेको छ । यसबाट मुलुकहरुले सार्वजानिक सेवाहरुमा पर्याप्त लगानी गर्न नसकिरहेको स्पष्ट भएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।  – सीएनएन
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro