site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेविसंघको म्याद आज सकिँदै, ७७ मध्ये १४ जिल्लामा मात्रै अधिवेशन सम्पन्न 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद आज (बुधबार) बाट सकिँदै छ । कांग्रेसले म्याद थप नगरे बिधान अनुसार आज राती १२ बजे पछि नेविसंघको केन्द्रीय समिति स्वतः भंग हुनेछ । म्याद थप गर्ने आधिकारिक निकाय पार्टीको केन्द्रीय कार्यसमितिको बैठक माघ १० गते बोलाइएकाले अध्यक्ष नैनसिंह महर नेतृत्वको अहिलेको कार्यसमितिको वैधतामाथि प्रश्न उठ्ने देखिन्छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले माघ १० गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा मात्रै नेविसंघको विषयमा छलफल हुने बताएका छन ।

‘विधानतः ११औँ महाधिवेशनबाट निर्वाचित भएर आएको नेविसंघको केन्द्रीय कार्यसमितिको म्याद बुधबारबाट स्वतः सकिदै छ,’ प्रवक्ता शर्माले भने–‘अब नेविसंघका विषयमा कसरी अगाडि बढ्ने भन्ने बारेमा केन्द्रीय समितिमा छलफल हुन्छ ।’ 

Prabhu Bank
Agni Group
NIC Asia

तर नेविसंघ अध्यक्ष महरले आफ्नै नेतृत्वमा १२औँ महाधिवेशन हुने दाबी गरिरहेका छन । उनी यश अघि थपिए झै फेरि पनि म्याद थपिने दावी गर्दै आएका छन । अध्यक्ष महरले केन्द्रीय कार्यसमितिबाट तीनपटक निर्णय गराएर १२औँ महाधिवेशनको मिति तोके पनि हुन सकेन । महरले पहिलोपटक गत साउन २३ देखि २५ गतेसम्म, दोस्रोपटक कात्तिक १६ देखि १८ गतेसम्म र तेस्रोपटक पुस २८ देखि ३० गतेसम्म महाधिवेशनको मिति तय भएको थियो ।

तर अहिलेसम्म ७७ जिल्लामध्ये १४ जिल्लामा मात्रै अधिबेशन सम्पन्न भएको छ । नेविसंघको केन्द्रीय समितिमा समेत चरम विवाद रहेको छ । अध्यक्ष महर निकटका उपाध्यक्षहरू पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले गत शुक्रवार सभापति देउवालाई राजीनामा बुझाएका थिए । त्यस्तै संस्थापन इतर समोहको ४५ सदस्यीय टोलीले आइतबार नेता रामचन्द्र पौडेललाई राजीनामा बुझाएको थियो ।  राजीनामा बुझाएका बिध्यार्थी नेताहरु महरको नेतृत्वमा महाधिबेशन हुन नसक्ने देखिए पछि संगठनलाई निकास दिन मार्गप्रसस्त गर्न आफूहरुले राजीनामा दिएको दावी गर्दै आएका छन ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC