site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रवीन्द्र मिश्रलाई प्रश्न–पार्टी फुट्दैछ भन्ने जानकारी थिएन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवेकशील साझा पार्टीबीच एकता भएको १७ महिनापछि विभाजन भएको छ । संयोजकमध्येका एक उज्वल थापाले केहीदिन पहिले पार्टीमा आन्तरिक छलफलका लागि बुझाएको प्रतिवेदनले नै पार्टी फुटको संघारमा रहेको कतिपयले आशंका गरेका थिए । 
शुक्रबार उनै थापा नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । उनीहरुले विवेकशील साझाको नेतृत्वमा समस्या रहेको आरोप लगाउँदै आएपनि संयोजक रवीन्द्र मिश्रले भने शनिबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै नेतृत्वमा कुनै पनि समस्या नरहेको स्पष्ट पारे ।
उनले आफूमाथि अनेकौं आरोप लागेको भए पनि आफूले कुनैपनि हालतमा त्यसरी आरोप नलगाउने प्रतिवद्धता व्यक्त गरे ।
मिश्रले फेरि पनि मिलनबिन्दु फेला पर्न सक्ने बताए ।
यस्तो छ शनिबार मिश्रसँग भएको अन्तरक्रियाको सम्पादित अंशः

अब वैकल्पिक राजनीति पनि सम्भव रहेनछ भन्ने देखिएको हो ?
हामीलाई कति दुःख लागेको छ भन्ने साथीहरुले पनि भन्नुभयो । वैकल्पिक राजनीतिक पार्टी बन्न सक्दैनकी भन्ने आशंका व्यक्त गर्नुभयो । मैले यसलाई कसरी व्याख्या गर्न चाहन्छु भने हामीले राजनीति गर्ने समाज र धरातल नेपाली धरातल हो । नेपाली धरातलका विरोधाभाष र जटिलताहरु, नेपाली धरातलमा आउने अरु समस्याहरु वैकल्पिक पार्टी निर्माणमा प्रतिविम्बित हुन्छन् नै । तर तिनीहरुलाई पार गर्दै जानुपर्छ । मैले अघि पनि भनेको थिएँ । २०४६ सालपछि वैकल्पिक राजनीतिका लागि धेरै राम्रा मान्छेले धेरैपटक प्रयास नगरेका होइनन् । धेरैले गरेका हुन् । पुराना पार्टीबाट हुँदैन भनेरै लागेका हुन् । तर उनीहरु एकअर्को कारणले कि अन्त्य भए कि विखण्डित भए कि सानो आकारमा रहे । हाम्रो चुनौती त्यहाँभन्दा माथि उठौं भन्ने थियो । माथि उठ्ने क्रममा यसपल्ट जस्तो किसिमको जटिलता आयो । मलाई अझै पनि कस्तो लाग्छ भने एउटा बिन्दु आउँछ । जहाँ हामी अडिनेछौं र सशक्त भएर अघि बढ्छौं ।

के असर पर्ला ?
एउटा कुरा म के विश्वास दिलाउन चाहन्छु भने यो यात्रा कुनै पनि हालतमा रोकिँदैन । यो यात्रामा साथ दिने साथीहरु देशभरि नै हुनुुहुन्छ । प्रदेश ७, ६, ५, ३, ४ का संयोजक, जिल्ला संयोजकहरु हामी सबै एकै ठाउँमा छौं । हामीलाई साथ दिने सन्देश आइरहेका छन् । यो यात्रा सशक्त रुपमा अघि बढ्छ । अवरोध नसोचेको ढंगबाट आयो । नमिलेका कुराहरु पनि थिए ।
मैले फेसबुकमा छुट्टिएर गएका मित्रहरुलाई प्रेमपत्र भनेर लेखेको थिएँ । त्यो प्रेम अझै पनि बाँकी छ । कुनै आग्रह र पूर्वाग्रह छैन । अझै पनि भन्छु आउनुहोस् सँगै हिडौं । संवाद नगरी हुँदैन । सुसंस्कृत राजनीति गर्ने हो भने आचरण पनि हुनैपर्छ । नजानेको यात्रामा सँगै हिँड्दा हाम्रा तर्फबाट पनि केही कमजोरी भयो होला छाडेर जानेहरुबाट पनि भयो होला । सँगै हुँदा जुन उत्साह थियो छाडेर जाँदा केही चिसोपना आएको छ । उहाँहरुलाई हामीले शुभकामना दिन चाहन्छौं । हामीलाई पनि उहाँहरुले शुभकामना दिनुनै हुन्छ नै । यो देश रुपान्तरण गर्ने हामी नै हुनेछौं । 

Prabhu Bank
Agni Group
NIC Asia

भेट्ने प्रयास भयो कि सामाजिक सञ्जालमा मात्रै प्रेमपत्र ?
कुनै पनि घटना घटिसकेपछि त्यसको तापक्रम घट्न दिनुपर्छ । तापक्रम नघट्दै तपाइँले संवाद गर्न खोज्नुभयो भने त्यसले दुर्घटना निम्त्याउन सक्छ । औपचारिक संवादलाई हामीले कहिले पनि बन्द गर्दैनौं । मैले लेखेको छोटो पत्रमा हामी सँगै बसेर चिया खाउँ र हाम्रै साथीले सञ्चालन गरेको रिसोर्टमा जाने तयारी थियो सँगै जाउँ भनेर पनि लेखेको छु ।

आर्थिक पारदर्शितामा प्रश्न उठेको छ । अनि सम्पत्ति बाँडफाँट कसरी ?

Global Ime bank

आर्थिक पारदर्शिता मात्रै होइन । अलिकति अरु पनि कुरा गर्न चाहन्छु । छाडेर जाने साथीहरुले लगाएको आरोपको मैले जवाफ दिएको छैन । जुनदिन उज्वलजीको प्रतिवेदन आयो त्यसबेला मैले भनेको पनि थिएँ । घरभित्रको विवाद चौतारोमा छताछुल्ल पार्न चाहन्नँ । आर्थिक पारदर्शिता मात्रै होइन अरु पनि आरोप लगाइएको छ । त्यसैगरी मैले पनि आरोप लगाएँ भने धेरै लगाइन सक्छन् । हिलो छ्यापाछ्याप गर्ने पक्षमा छैन । मलाई तपाईँहरुले उक्साउनुभयो भने पनि म त्यो काम गर्ने छैन ।
गएको एक महिनामा करिब १५ लाख उठायौं । हरेकको रेकर्ड छ । कसले कति दिएको भनेर फेसबुकमा राखेका छौं । त्योभन्दा बढी पारदर्शिता के हुनुपर्यो ?
सम्पत्ति बाँडफाँटको कुरा नयाँ भयो अनपेक्षित भएकाले यो कुरा कानुनी रुपमा नै बुझ्नुपर्छ । हामी तयार भएर बसेका थिएनौं अब सोँच्नुपर्छ । 

नयाँ पार्टीबाट देश चल्दोरहेनछ भन्ने बुझ्ने अब ?
पुरानै पार्टी ठिक हुँदै होइन हामी नै ठिक हौं । पुरानो पार्टीभन्दा ठिक भन्नुको अर्थ कुनैपनि गल्ती नगर्ने कतैबाट आएको प्राणी होइन । हामी मान्छे हौं गल्ती गर्छौं तर बेइमानी गर्दैनौं । मानवीय कमजोरीका परिणाम निस्कदै गर्छन् तर जुध्दै जानुपर्छ । यो देश रुपान्तरण गर्ने हो भने यो भन्दा ठूला अवरोध चिर्नैपर्छ । हामी तुलनात्मक रुपमा राम्रो काम गरेरै जान्छौं । 
हामीलाई विधि र प्रक्रिया मिच्यो भन्ने आरोप लाग्यो । विधि र प्रक्रिया कहीँ पनि मिचिएको छैन । बरु उज्वलजीले अस्ति अन्तर्वार्ता दिँदा संयोजक सेरेमोनियल भन्नुभएछ । मसँग सम्झौतापत्र पनि छ । मलाई अचम्म लागेको कुरा के हो भने ३२ बुँदे सम्झौतापत्र अहिलेको पार्टी सञ्चालनको आधार हो । बरु उज्वलजीको प्रतिवेदन विधि र प्रक्रिया मिचेर लेखिएको प्रतिवेदन हो । तर त्यति हुँदा हुँदै पनि छलफल गर्न तयार थियौं । 

अब तपाईँहरुको पार्टीको नाम विवेकशील हुन्छ कि हुँदैन ?
उहाँहरुले नाम लिएर जानुभयो भने भिन्दै कुरा नभए हामी विवेकशील साझा नै हौं । 

पार्टी फुट्दैछ भन्ने कुरा तपाईँले कतिबेला थाहा पाउनुभएको थियो ?
हामी पार्टी फुट्दैछ र साँच्चिकै साथीहरु छाडेर जाँदै हुनुुहुन्छ भन्ने प्रेसबाटै थाहा पाएको हो । तर त्यो भन्दाअघि पहिले विवेकशील दलमा संलग्न केही व्यक्तिहरुले फेसबुक ग्रुप बनाउनुभएको रहेछ । यो पार्टीलाई अलग बनाउनुपर्छ र विवेकशील पार्टी नै बनाउनुपर्छ भनेर एउटा समूह बनाउनुभएको रहेछ । त्यसको स्कृन सट पनि मैले पढेरै सुनाउँछु–विवेकशील नेपाली दलले तय गरेको उद्देश्यको समीक्षाका लागि यो ग्रुप बनेको हो । विवेकशील नेपाली दल पुनरावृत्तिको कार्यदिशासमेत छलफल भएका छन् । विवेकशील नेपाली दलको प्रतिनिधि उज्वल थापाले प्रतिवेदन नै सार्वजनिक गरेकाले त्यसउपर छलफल आइतबार होस् र दलको पुनरावृत्ति गर्नुपर्ने आवश्यकता रहे स्पष्टता आओस् । उज्वलजीको प्रतिवेदनले यी धेरै विषय समेट्न सक्छन् । एक किसिमको एक्सरसाइज पहिलेदेखि नै भएको रहेछ भन्ने स्पष्ट हुन्छ । तर केन्द्रीय समितिकै साथीहरु यसरी अनायासै छाडेर जानुहुन्छ होला भन्ने लागेको थिएन ।
फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC