site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अन्तिम खेलमा पुलिस र सरस्वतीले बराबरी खेले 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । रविसंकर पासवाङले गोल गरेपछि विभागीय टिम नेपाल पुलिस क्लब हारबाट जोगिएको छ । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा सरस्वती युथ क्लबले पुलिससँग १—१ गोलको बराबरी खेलेको हो ।

खेलको ५० औं मिनेटमा पुलिसका खेलाडीले सरस्वतीका खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि पाएको पेनाल्टी प्रहार गरेका भिक्टर अमोबीले टिमलाई अग्रता दिलाएका थिए ।
उनले प्रहार गरेको बल गोलकिपरले छेक्न नसकेपछि पुलिस एक गोलले पछि परेको थियो । तर, अग्रता बनाएको सरस्वतीको खुसी धेरै समय टिक्न पाएन । ५३ औं मिनेटमा पुलिसका निर कुमार राईको पासमा रविशंकर पासवाङले गोल गरेपछि पुलिस र सरस्वतीको खेल बराबरी भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

लिगका १३ खेलमा ५ जित ५ बराबरी तथा ३ हार बेहोरेको पुलिस १९ अंकसहित छैठौं स्थानमा रहेको छ भने समान १३ खेल खेल्दै ४ जित, ७ हार र २ खेल बराबरी खेलेको सरस्वती ९ औं स्थानमा रहेको छ ।

मनाङ—मस्याङ्दी क्लब च्याम्पियन र संकटा क्लब दोस्रो भएका छन् । थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब तेस्रो स्थानको दौडमा रहेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०७५  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय