site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले गरे सन्न्यासको घोषणा

काठमाडौं । भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै अश्विनलाई उनको योगदानका निम्ति धन्यवाद दिएको छ ।

अस्ट्रेलियाविरुद्ध ब्रिसबेनमा भएको टेस्ट बराबरीमा सकिएपछि अश्विनले सन्न्यासको घोषणा गरेका हुन् । खेलपछि अश्विनले कप्तान रोहित शर्मासँग पत्रकार सम्मेलनमा आएर सन्न्यासको घोषणा गरे ।

Dabur Nepal
NIC Asia

अश्विनले भने, “अन्तर्राष्ट्रियस्तरमा भारतीय क्रिकेटरका रूपमा यो मेरो अन्तिम दिन हो । म अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यास लिँदै छु । मलाई विश्वास छ कि क्रिकेटरका रूपमा ममा अझै केही बाँकी छ, तर अब म यसलाई क्लबस्तरको क्रिकेटमा प्रदर्शन गर्नेछु ।”

३८ वर्षीय अश्विनले आफ्नो करियरमा १०६ खेल खेलेर ५३७ विकेट लिएका छन् । उनले खेलमा आठपटक १० विकेट लिएका छन् ।

ब्याटिङमा पनि अश्विनको प्रदर्शन राम्रो थियो । उनले ६ शतक र १४ अर्धशतक बनाएका छन् । “म बीसीसीआईलाई धन्यवाद दिन चाहन्छु । यसबाहेक पनि धेरै नाम छन्, तीमध्ये सबैभन्दा महत्त्वपूर्ण छन् रोहित, विराट कोहली, अजिंक्य, पुजारा... जसले मेरो बलमा धेरै राम्रा क्याचहरू लिए । यो निकै भावुक क्षण हो । यस समयमा म तपाईंहरूको कुनै सवाल लिन सक्दिनँ । तपाईंहरू सबैलाई धेरैधेरै धन्यावाद,” आश्विनले भने । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro