site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारले नै निर्मला पन्तका हत्यारालाई संरक्षण गरेको पुष्टि भएको कांग्रेस महामन्त्रीको दाबी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले नै निर्मला पन्तका हत्यारालाई संरक्षण गरेको पुष्टि भइसकेको दाबी गरेका छन् । कञ्चनपुरको बेलौरीमा शुक्रबार आयोजित कांग्रेसको क्षेत्रीय सम्मेलनमा महामन्त्री कोइरालाले निर्मलाका हत्यारालाई पक्राउ नगर्नुुले नै सरकार हत्याराको संरक्षणमा लागेको पुष्टि भएको दाबी गरे । 

‘‘सरकार अपराधीलाई छेकिरहेको छ । यसैबाट सरकार नै प्रत्यक्ष–अप्रत्यक्ष संलग्न रहेको पुष्टि हुन्छ,’’ उनले भने । उनले अहिलेको सरकारसँग दुई तिहाईको दम्भ बाहेक केही पनि नभएको टिप्पणी गरे । ‘‘सरकारले केही गर्न सकेको छैन् । दुई तिहाईको दम्भ छ तर नवीन योजनाहरु केही छैनन्,’’ महामन्त्री कोइरालाले भने, ‘‘जतिपनि छन् अन गोइङ योजनाहरु छन् । ति योजनाहरु सबै कांग्रेस सरकारको पालाका योजनाहरु हुन् ।’’

Prabhu Bank
Agni Group
NIC Asia

उनले नेता र कार्यकर्ताहरुका बीचमा एकता भए कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे । ‘‘एकतावद्ध भए कसेले पराजित गर्न सक्दैन । पार्टीलाई एक बनाउन कार्यकर्ताहरुको पनि उत्तिकै हात रहन्छ,’’ कोइरालाले दाबी गरे । 

आपसी मित्रता र सबैको सहभागिता भए आगामी निर्वाचन जितेर कांग्रेस पहिलो पार्टी बन्नेमा ढुक्क देखिएका महामन्त्री कोइरालाले कार्यकर्ताहरुलाई कांग्रेसमा एकताको मलजल गर्न आग्रह गरे । ‘‘एकतावद्ध भए हामी आफ्नो गन्तव्यमा पुग्छौं, पुग्छौं, पुग्छौं । तर त्यो तपाईहरुमा निर्भर रहन्छ । तपाईहरुले मलजल कति दिनसक्नुहुन्छ,’’ उनले भने । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०७५  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC