site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्मला पन्त प्रकरण राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमै छानबिन हुन्छ : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त प्रकरणमा दोषी पत्ता लगाउन भइरहेको ढिलाइप्रति कमजोरी महसुस गरेका छन् ।

स्थायी कमिटी बैठकमा बलात्कार पश्चात हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला प्रकरणमा सरकारको कमजोरीबारे सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले दोषी पत्ता लगाउन कुनै कसर बाँकी नराखिने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“निर्मला पन्त प्रकरणमा भएका कमजोरी सरकारले महसुस गरेको छ । अपराधी पत्ता लगाउन भएको ढिलाइ प्रति प्रधानमन्त्रीको हिसाबले म गम्भीर पनि छु । राष्ट्रिय अन्तर्राष्ट्रिय रूपबाटै छानबिन गरेर भए पनि दोषी पत्ता लगाइ छाड्छौँ,” बिहीबारको बैठकमा उनले प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै प्रधानमन्त्री ओलीले वाइड बडी विमान खरिद प्रक्रियामा पनि कुनै त्रुटि, कमीकमजोरी रहेको पाइएमा दोषीले उन्मुक्ति नपाउने जिकिर गरे ।

Global Ime bank

“वाइड बडी विमान खरिद् प्रक्रियाका बारेमा उठेका प्रश्नका बारेमा सरकार जानकार छ,” उनले बैठकमा बोलेको कुरा एक सदस्यले उद्धृत गरे, “आवश्यक पर्‍यो भने छानबिन समिति बनाएर पनि सत्य तथ्य बाहिर ल्याउँछौँ ।”

त्यस्तै उनले भ्रष्टाचाराविरुद्ध शून्य सहनशीलतका बारेमा सदस्यहरूलाई शंका नगर्न पनि आग्रह गरेका थिए ।

“सरकार सबै प्रकारका भ्रष्टाचार, अनियमितता, बेथितिको अन्त्य गर्न चाहन्छ,” उनको जोड थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  २०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC