site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुर्ती सेवनका कारण नेपालमा वर्षेनी २७ हजारको मृत्यु, ४० वर्ष मुनिकालाई हृदयघातको मुख्य कारण पनि यही
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौ । नेपालमा बर्षमा  करिब २७ हजार मानिसको सुर्ती सेवनका कारण मृत्यु  हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा जनाइएअनुसार नेपालमा १८ दशमलव ५ प्रतिशत मानिसले दैनिक सुर्तीजन्य पदार्थ सेवन गर्दछन् । जसमा ५५ लाख १ हजार ३ सय ५८ जनाले चुरोट सेवन गर्ने सो  तथ्यांकमा उल्लेख छ । 

स्वास्थ्य मन्त्रालय अन्तगर्तको टोबाको नियन्त्रण तथा स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख भक्तबहादुर केसीले सुर्तिजन्य पदार्थ सेवन गर्नेहरु करिब ९० प्रतिशत  १८ वर्षभन्दा कम उमेरका रहेको बताए । “नेपालमा क्यान्सर, मुटु, उच्च रक्तचाप लगायतका विभिन्न दीर्घकालीन रोगको प्रमुख कारण नै सुर्तीजन्य पदार्थको सेवन  हो,” उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

चुरोटमा हुने ६० देखि ७० प्रतिशत केमिकलमा क्यान्सर गराउने हानिकारक तत्व हुने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल बताउँँछन् । “एउटा चुरोटमा ४ हजार केमिकल हुन्छन् । जुनसुकै अंगमा हुने क्यान्सरको पहिलो कारण सुर्तिजन्य पदार्थ हो  । यसको सेवन नियन्त्रण गर्न सकेमा ५० प्रतिशत क्यान्सर कम गर्न सकिन्छ ” उनको भनाई थियो । 

त्यसैगरी, सुर्तिजन्य पदार्थको सेवनले क्यान्सर मात्र होईन मुटु र रक्तनलीलाई पनि असर गर्ने बरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओममुर्ति अनिलले बताए । “४० वर्षमुनिका युवाहरूमा हृदयाघात हुनुको पहिलो कारण सुर्तीजन्य पदार्थको सेवन रहेछ । सुर्तिजन्य पदार्थ सेवन गर्नेलाई जुनसुकै समयमा हृदयाघात हुनसक्छ ” उनले भने, “यस्ता रोगहरूलाई न्युनिकरण गर्न जनचेतना आवश्यक छ ।”

Royal Enfield Island Ad

त्यसैगरी, सरकारले  मानव स्वास्थ्यमा असर पार्ने सुर्तिजन्य पदार्थ प्रयोगलाई रोक्न सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ संशोधन गरी २०७१ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिका समेत बनाएको छ । उक्त निर्देशिकामा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने र उक्त कानुनको सबैले पालना गर्नुपर्ने लगायतका कुरा  उल्लेख भएपनि सो निर्देशिका कार्यान्वयन हुन सकेको छैन । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०७५  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro