site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा नेताको गुनासो– पार्टीमै न्याय छैन, देशलाई कसरी न्याय दिने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी बैठकमा नेताहरूले पार्टीले न्यायोचित ढंगले जिम्मेवारी बाँडफाँट गर्न नसकेको गुनासो गरेका छन् । बुधबार बैठक सकिएलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्वले जिम्मेवारी बाँडफाँट गर्दा ‘कसैलाई खातैखात, कसैलाई रित्तो हात’ गरिएको गुनासो गरिन् ।

“पार्टी नेतृत्व नै गुटमा संलग्न छ, आफ्नो आफ्नो मान्छे तानेको छ, योग्यता क्षमता भएकालाई वास्ता छैन । त्यसैले गुटबन्दी अन्त्य गरौँ । कसैलाई खातैखात छ, कोही जिम्मेवारीविहीन छन्,” उनले भनिन् । उनले पार्टी एकताको मर्म र भावना नेतृत्वले बोक्न नसकेको गुनासो गरिन् । “पार्टी एकता भएको यत्रो समय भयो । सबैतिर बहुमत छ । तर पार्टी एकता भएको सात महिनासम्म पनि एकता टुंगिन सकेन,” उनले भनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले एकताले गति लिन नसक्दा पार्टीका सकारात्क कुरा पनि प्रचार गर्न नसकेको टिप्पणी गरिन् । “सरकारले राम्रो गरेको पनि होला, तर बाहिर आउन सकेन । जनताले थाहा पाएनन्, प्रभावकारिता भएन,” उनले भनिन् । त्यस्तै उनले एसिया प्यासिफिक सम्मेलनले पार्टीको छवि धूमिल तुल्याएको भन्दै नेतृत्व आत्मआलोचित हुनुपर्ने जिकिर गरिन् ।

“यस्ता खालका सम्मेलन गर्नै हुँदैनथ्यो, यसले पार्टीको छवि बिगार्यो । यसबारेमा पनि पार्टीमा छलफल हुनुपर्थ्यो,” उनको जोड थियो । त्यस्तै, उनले वामदेव गौतमको विचारमाथि समर्थन जनाउँदै एक व्यक्ति एक पदको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।

Global Ime bank

पार्टीमा नेता माधव नेपाल निकट मानिएकी नेतृ शाक्यले मुख्यमन्त्रीलाई प्रदेश इन्चार्ज बनाउनु नहुनेमा जोड दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC