साहित्य
काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकको कथा समेटिएको नाटक ‘साथीको कथा’ मञ्चन हुने भएको छ । मण्डला थिएटर अनामनगरमा पुस ६ देखि २२ गतेसम्म मञ्चन हुने नाटकमा समलिंगी र दुईलिंगीको कथा कथा समेटिएको छ ।
नाटकको परिकल्पनाकार तथा निर्देशक रेनुका कार्की हुन् । भारतीय नाटककार विजय तेन्दुलकरको ‘मित्रार्ची गोष्ट’लाई नेपालीमा अनेवाद सागर चन्दले गरेका छन् ।
समलिंगी भन्नाले महिला भएर महिलालाई नै मन पराउने र पुरुष भएर पुरुषलाई मन पराउने व्यक्ति हुन् भने दुईलिंगी भन्नाले महिला र पुरुष दुवैमा समान यौनिक झुकाव राख्ने व्यक्ति हुन् ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५ १३:३०
प्रतिक्रिया दिनुहोस्