विदेश
नयाँ दिल्ली । भारतको मुम्बईस्थित इएसआइसी कामगर अस्पतालमा सोमबार आगलागी हुँदा २ महिनाको एक शिशुसहित कम्तिमा ६ जनाको मृत्यु हुुनुका साथै १२९ जना घाइते भएका छन् । विद्युतीय सर्टका कारण सो आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीको उद्धार दलले चिकित्सक, नर्स र बिरामीहरुलाई उद्धार गरेको थियो । बिरामीलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५ ०७:५१
प्रतिक्रिया दिनुहोस्