site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मलावीमा चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो

लिलोङ्वे । मलावीमा आएको शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । आइतबारदेखि मंगलबारसम्म देशमा परेको भारी वर्षाका कारण ४५ हजारभन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

विपद् व्यवस्थापन मामिला विभाग (डीओडीएमए) को आयुक्त चार्ल्स कालेम्बाले मंगलबार आँधीका कारण २९ जना घाइते भएको बताए ।

कालेम्बाले कुल प्रभावित घरपरिवारको संख्या १० हजार १५९ पुगेका र करिब ४५ हजार १६२ जना प्रभावित भएका बताए । यसमध्ये २२७ जना विस्थापित भएका छन् ।

डीओडीएमए विभिन्न मानवीय साझेदारहरूसँगको सहकार्यमा प्रभावित समुदायहरूलाई राहत सहायता प्रदान गर्दैछ । रासस/सिन्ह्वा

 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro