site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नवदुलही प्रियंकाको ७५ फिटको घुम्टो चर्चामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । यसै हप्ता अमेरिकी गायक निक जोनससँग विवाह गरेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधबार मात्र आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहको पहिरन विस्तृत जानकारीसहित पोस्ट गरेकी छन् । शनिबार पश्चिमी शैलीमा विवाह गरेपछि आइतबार फेरि जोनस र चोपडाले हिन्दू परम्परा अनुरुप पनि विवाह गरेका हुन् जसका तस्बिर फ्यानहरुमाझ शेयर गर्दा प्रियंका पुनः चर्चामा आएकी हुन् । 

विवाहमा प्रियंकाले अमेरिकाका प्रख्यात डिजाइनर राल्फ लरेनको गाउन लगाएकी थिइन् जसमा २० लाख मोतीका मसिना सिक्काहरु जडान गरिएको थियो । तरपनि समारोहमा उनको घुम्टोले नै सबैको ध्यानाकर्षण गराएको हो किनकी उनले पहिरेको सेतो घुम्टो ७५ फिट अर्थात २२.८६ मिटर लामो रहेको थियो । गत मेमा भएको बेलायती राजकुमार ह्यारीको विवाहमा पनि मेगानको १६ फिट लामो घुम्टोबारे निकै चर्चा भएको थियो । तर प्रियंकाले उनको भन्दा लगभग पाँच गुना लामो घुम्टो ओढेर मेगानको रेकर्ड तोडेकी हुन् । 

यसरी समारोहमा प्रियंकाको लामो घुम्टो व्यवस्थित राख्न एउटा सानो टोली नै खटाउनु परेको थियो । यता प्रियंकाले सो तस्बिर सार्वजानिक गरेपछि सामाजिक संजालमा यसबारे थुप्रै प्रतिक्रिया आइरहेका छन् । प्रियंका र मेगान मिल्नेसाथी भएकाले पनि धेरैले उनको पहिरनको छनौटलाई व्यङ्ग्यात्मक ठहर गर्दै यसबारे विभिन्न ट्रोल बनाइएको हो । उमेरमा १० वर्षको अन्तर रहेको जोनस र प्रियंकाको प्रेम सम्बन्ध सार्वजानिक भएको केही समयमै उनीहरुले औँठी साटासाट गरेका थिए जसले हलिउडमा समेत सक्रिय रहँदै आएकी प्रियंकालाई सबैतिर थप चर्चामा ल्याएको थियो ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC