देश
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले दिपायलस्थित सुदूरपश्चिम पृतना मुख्यालय, धनगढीस्थित नं. ५ बाहिनी अड्डा र बोराडाँडीस्थित नं. ७ युद्धकवच गुल्मको निरीक्षण भ्रमण गरेका छन् । उनले बुधबार ती मुख्यालय, बाहिनी र गुल्मको निरिक्षण गरेका हुन् ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निरिक्षणका क्रममा प्रधानसेनापति थापाले पृतना, बाहिनी र गुल्मको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।
प्रधानसेनापति थापा बुधबार धनगढीस्थित नंं. ५ बाहिनी अड्डामा बस्नेछन् भने बिहबिार अन्य युनिटहरुको निरक्षण गरी काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५ १६:२८
प्रतिक्रिया दिनुहोस्