site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ साप्ताहिक राशिफलः अनुकूल साता 
Sarbottam CementSarbottam Cement

२०७५ मंसिर ८ – १४ गतेसम्म 

मार्गकृष्ण प्रतिपदा – अष्टमीसम्म

८ गते थानकोट महालक्ष्मीयात्रा, 

Prabhu Bank
Agni Group
NIC Asia

१३ गते भैरवोत्पत्ति,

१४ गते अष्टमीव्रत, गोरखकालीपूजा,

Global Ime bank

मेषः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनिबार बोलीमा सावधान रहनु पर्नेछ । रवि, सोमबार साताकै  कार्यसिद्धिदायक र ओजस्वी रहनेछ । मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम रहनेछ । 

वृषः साता मिश्रित प्रायः रहनेछ । शनिबार भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यक्रम तय हुनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ । 

मिथुनः साता सरदर खालको रहनेछ । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ । पढाइ लेखाइले गति लिनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार सामाजिक कामको दायित्व थपिनेछ । 

कर्कटः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । रवि, सोमबार मुख्य काममा व्यवधान बढ्न सक्छ । मंगल, बुधबार उपयुक्त अवसर प्राप्त हुनेछ । बृहस्पति, शुक्रबार मध्यम रहनेछ । 

सिंहः साताको अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार मानसम्मान पदप्रतिष्ठा मिल्नेछ । रवि, सोमबार लाभदायक काम बन्नेछ । मन प्रसन्न हुनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार भाग्यवृद्धि हुनेछ । पराक्रम बढ्नेछ । 

कन्याः साताको सुरु र अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार मध्यम रहनेछ । रवि, सोमबार उत्कृष्ट सम्मान मिल्नेछ । मंगल, बुधबार आयआर्जनको नयाँस्रोत खुल्नेछ । बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ । 

तुलाः साताको उत्तरार्धका दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । बृहस्पति, शुक्रबार सबैतिरबाट अनुकूल र लाभदायक रहनेछ । 

वृश्चिकः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार यात्रा, व्यापार, व्यवसाय र पारवहन कार्य सहज रहनेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम रहनेछ । बृहस्पति, शुक्रबार मानसम्मान तथा पुरस्कार प्राप्त हुनेछ । 

धनुः साताको पूर्वार्ध अनुकूल रहनेछ । शनिबार शत्रु पराजित हुनेछन् । आटेको काम बन्नेछ ।  मनोबल बढ्नेछ । रवि, सोमबार प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम रहनेछ । 

मकरः साताको मध्य भागका दिन अनुकूल रहनेछन् । शनिबार सावधानयोग्य रहनेछ । रवि, सोमबार मावलीतिरबाट आवश्यक सहयोग मिल्नेछ । मंगल, बुधबार निकै सुखद र सहज रहनेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ । 

कुम्भः साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार नियमित कामलाई निरन्तरता दिनु पर्ने हुन्छ । मंगल, बुधबार काममा विजय मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । बृहस्पति, शुक्रबार पारिवारिक सहयोग मिल्नेछ । 

मीनः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार कार्यसिद्धिदायक रहनेछ । मावली पक्ष सहयोगी रहनेछन् । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार आँटे ताकेको काम सजिलैसँग सम्पन्न हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०७५  ००:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC