site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सहिदका समकालीनका नाममा

अहिले देशको नेतृत्वमा रहेका कतिपय नेताहरूका साथी, समकालीनहरू सहिद भएका थिए । सहिदले के चाहन्थे, भावी पुस्ताले कस्तो मुलुक पाओेस् भन्ने चाहन्थे भन्ने जानकारी सहिदका समकालीनलाई हुनुपर्छ ।

यस वर्षको सहिद सप्ताह समाप्त भएको छ । नेपालको आधुनिक राजनीतिको जग मानिने राणा व्रिोधी आन्दोलनमा संलग्न भई जीवनको आहुीत दिने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सहादत एक साताको अन्तरालमा भएको थियो ।

यसैकारण माघ १०–१६ सम्मको साताभर सहिदहरूको सम्झना र सम्मान गरिन्छ । हुनत, शुक्रराजहरूका समकालीन अहिले राजनीतिक नेतृत्वमा छैनन् तर नेतृत्वमा भएकाहरूले पनि थुप्रै साथीहरूको सहादतमा टेकेर शासन गर्दैछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

महान् ४ सहिदसँगै साताभर मुलुकको लोकतान्त्रिक आन्दोलनमा मारिएका सबै ज्ञातअज्ञात सहिदलाई सम्मान प्रकट गर्ने गरिन्छ । सरकारी स्तरबाट औपचारिक कार्यक्रमको आयोजना गरिन्छ भने नागरिक स्तरवाट पनि विभिन्न रचनात्मक कार्यक्रमका साथ सहिद दिवस मनाउने गरिन्छ । सहिद सप्ताह यसैगरी बित्यो । 

मुलुकको परिवर्तन, नागरिक अधिकार स्थापित गर्न र मुलुकमा देखिएका विसंगतिमा सुधार ल्याउन हुने संघर्षमा सहभागी हुनेलाई अधिनायकवादी शासकले दमन गर्छ । यही दमनका क्रममा सहिद जन्मन्छन् ।

Global Ime bank

यसले के देखाउँछ भने सहिद परिवर्तन, नागरिक अधिकारका पक्षमा र विसंगतिका विपक्षमा उभिने पवृत्ति हो । सूचीकृत गरिएका सबैको संख्या जोड्ने हो भने नेपालमा सहिदको संख्या हजाराैं पुगेको छ ।

तर, पनि परिवर्तन किन भएको छैन ? नागरिक अधिकारको उपयोग किन हुन सकिरहेको छैन र विसंगति न्यून हुनुको साटो किन बढिरहेको छ ? यी महत्वपूर्ण तीन सवालको जवाफ खोज्ने र तिनको सन्देशका आधारमा आफू सच्चिँदै अगाडि बढ्ने प्रतिबद्धता आजको आवश्यकता हो ।

यस्तो प्रतिबद्धता वा संकल्पको अभावमा सहिदको शालिकका पूmलमाला चढाएरमात्र केही हुनेछैन । यो एउटा प्रचलनको निरन्तरतामा सीमित हुनेछ । परिवर्तनलाई व्यवस्थापन गर्ने कौशलको (क्षमताको) अभाव आजको सबैभन्दा ठूलो समस्या हो ।

यो अभावको पूर्ति गर्नेतर्फ कुनै प्रयास भएको पनि पाइँदैन । आफू कसरी सत्तामा पुग्ने वा सत्तामा साझेदार हुने भन्ने चिन्तनभन्दा माथि उठेर कसैले इमानदार प्रयास गरेको देखिँदैन । सत्तारोहणको योजना गुत्थै बस्नेले सहिदको सोचअनुसारको कार्य गर्न सक्दैनन् ।

आज चार सहिदको नाम लिँदा सबै नेपालीको छाती गर्वले फुल्छ । त्यसपछिका लोकतान्त्रिक आन्दोलनमा सहादत दिनेको जीवनीले सबैलाई तरंगित बनाइदिन्छ । आन्दोलनको मैदानमा गोली लागी ढल्नेहरूको हिम्मतले सबैमा आत्मोत्सर्ग ज्वाला बालिदिन्छ ।

तर, सहिद हुनेसँगै संघर्षको मैदानमा लडेका तर सहिद हुन नसकेकाको वर्तमानको कर्मले सबैलाई निराश बनाइदिन्छ । कति धेरै निराश भने त्यसले व्यक्तिगत जीवन पनि निरसढंगले बिताउनमात्र सुझाव दिन्छ । 
कवी भूिप शेरचनले आफ्नो कवितामा भनेका छन् – ‘मरेर सहिद हुनेहरू हो, जिएर त हेर, जिउन कति गाह्रो छ ।’

निश्चिय नै जिएर काम गर्न गाह्रो होला तर सहिदको सूचीबाट सहिदको सपना पूरा गर्न लागि भनेर बाँचेका नै सहिदको सपनालाई भंग गर्ने र सपनाको ठाँउमा स्वार्थसहितको राजनीतिलाई स्थापित गर्ने खेलमा लागेको देख्दा अस्वाभाविक लाग्छ । आज हाम्रो देश यस्तैगरी अस्वाभाविक ढंगले अगाडि बढिरहेको छ ।

यसपटकको सहिद दिवसले सहिदका समकालीनहरूलाई सहिदका सपनालाई कार्यान्वयनको दिशामा लैजान प्रेरित गरोस् । जनताले त सहिदको सम्मान गरेकै छन् ।

उनीहरूको उच्च मूल्याङकन गरेकै छन् । सहिदले लिएको सपनाको कार्यान्वयनको चाहना राखेकै छन् र आवश्यक पर्दा दबाब पनि दिएकै छन् । तर, सहिद हुने लाममा सँगै लागेका र सौभाग्यले बाँचेका सहिदका समकालीनले आफ्नो दायित्व पूरा गरेका छन् त ? एकपटक सबैले यस सवालमा ध्यान दिने र उनीहरूको ध्यानाकर्षण गराउने हो भने सत्ता केन्द्रित राजनीतिक अभ्यास न्यून हुँदैजाने थियो कि ?

बीपी कोइरालाले एकपटक भनेका थिए – ‘हामी त चिनिएका छौं, नेता कहलिएका छौँ, तर हामीलाई यो स्थानसम्म पु¥याउन सहिदहरूको ठूलो भूमिका छ, उनीहरूको समर्पणको जगमा हामी चिनिएका हौं ।’ कम्तीमा सहिदका समकालीनले बीपीको यस भनाइलाई स्मरण गर्दै आफ्नो व्यक्तित्व निर्माणको जगमा उनीहरूकै समकालीनको सहादत छ भन्ने सोच्ने हो भने सहिदबाट प्रेरणा लिन सक्नेछन् । यस प्रेरणाले राजनीति सत्ताप्राप्तिको दाउपेचभन्दा धेरै माथि रहेर गरिने अभ्यास रहेछ भन्ने बुझ्न मद्दत गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७३  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC