site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल एयरलाइन्सको ऋण ३९ अर्ब ३८ करोड, वार्षिक ब्याज ३ अर्ब ६६ करोड 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ऋण साढे ३९ अर्ब रुपैयाँबराबर पुगेको छ । निगमले बिहीबार स्वेतपत्र जारी गरी आफ्नो अवस्था सार्वजनिक गर्दै उक्त परिमाणबराबरको ऋणका लागि वार्षिक ३ अर्ब ६६ करोड रुपैयाँ ब्याज तिर्नुपरिरहेको जनाएको छ ।

निगमले गत भदौसम्मको वित्तीयसहित सम्पूर्ण अवस्था समेटेर तयार पारेको स्वेतपत्रअनुसार दीर्घकालीन ऋण ३७ अर्ब ५८ करोड ५६ लाख २४ हजार ४ सय  तथा छोटो अवधिको ऋण १ अर्ब ८० करोड गरी कूल ३९ अर्ब ३८ करोड ५६ लाख ४ सय ३ रुपैयाँ पुगेको छ । यसको वार्षिक ब्याज ३ अर्ब ६६ करोड ३३ लाख ६८ हजार १ सय ५१ रुपैयाँ पर्छ । निगमले मासिक ३० करोड ५२ लाख ८० हजार ६ सय ७९ रुपैयाँ ब्याज तिर्नुपर्छ । 

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने साना–ठूला गरी १४ थान जहाजको कूल मूल्य ३७ अर्ब ७२ करोड ३५ लाख ६ हजार ३ सय ३३ रुपैयाँबराबर रहेको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

निगमसँग हाल २ सय ७४ सिट क्षमताका दुईथान ‘ए३३०–२००’, १ सय ५८ सिटे दुईथान ‘ए३२०–२००’, १ सय ९० सिटे एउटा ‘बी७५७–२००’, १९ सिटे तीनथान ‘ट्विनअटर डिचसी६’, ५८ सिटे दुईथान ‘एमए–६०’ र १७ सिटे चारथान ‘वाई१२–ई’ सिरिजका जहाज छन् ।
स्वेतपत्रअनुसार जहाज तथा इन्जिन, जग्गा तथा भवन, आसामी, बैंक मौज्दात, जहाजका पुर्जा तथा मौज्दात र स्थल उपकरण मौज्दात गरी निगमको कूल प्रमुख सम्पत्ति ४८ अर्ब ९३ करोड ३४ लाख ६० हजार ४ सय ८ रुपैयाँबराबर छ । 

“दुई ए३३० जहाजका लागि ८० करोड ४२ लाख ६४ हजार ४ सय २७ र दुई ए३२० का लागि ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ गरी कूल १ अर्ब १३ करोड ५२ लाख १९ हजार ७ सय ८ रुपैयाँ त्रैमासिक रूपमा किस्ता भुक्तानी गर्नुपर्छ,” स्वेतपत्रमा उल्लेख छ । 

Global Ime bank

सन् २०१८ अगस्ट १ बाट सेप्टेम्बर १५ सम्म डेढ महिना दुइटा ए३३० ‘वाइड बडी’ जहाज उडाउँदा २६ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको निगमले तिनै जहाज सञ्चालनका लागि भने ७५ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ । यसका उसलाई ४९ करोड १८ लाख रुपैयाँ घाटा भएको छ । “वाइड बडीलाई लामो दुरीमा उडान सम्बन्धित देशबाट स्वीकृति पाउन सेकका छैनौं,” कार्यकारी अध्यक्ष खरेलले भने, “छोटो दुरीमा उडाउँदा घाटा हुनु स्वाभाविक हो ।”

निगमसँग रहेका १४ जहाजमध्ये हाल तीनवटा ट्विनअटर, एउटा एमए–६० र दुइटा वाई१२–ई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन् । पाँच जहाजबाट निगमले सातामा ३९ उडान गर्दै आएको छ । यसको अर्थ दैनिक औसत ५ दशमलव ५७ उडान पर्छ । 

निगमले भारतको नयाँदिल्लीका लागि सातामा १०, कतारको दोहा र युएईको दुबईका लागि दैनिक एक–एक तथा हङकङ, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक एवं भारतका मुम्बई र बैंगलोरका लागि सातामा तीन–तीन उडान गरिरहेको छ । 

यस्तो छ श्वेतपत्र

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  १८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC