site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रुकुम पूर्व । रुकुमपूर्वमा आगलागी पीडित ज्ञानप्रसाद बुढा दीलबहादुर बुढा)को परिवारलाई आज राहत वितरण गरिएको छ । 

बस्ने बास र खाने गाँससमेत नरहेपछि घट्ना लगत्तै बुढाको परिवारलाई राहत कोषबाट राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

प्रजिअ शर्माका अनुसार घटनास्थलमै पुगी बुढाका परिवारलाई उपचारको लागि नगद रु ३० हजार, एक बोरा चामल, दुई लिटर तेल, पाँच किलो चिउरा, दुई किलो दाल र दुई किलो नुन वितरण गरिएको हो । 

घरमा मासु पकाउने क्रममा एक्कासी कराइको तेल बलेर सिस्ने गाउँपालिका–५ निवासी बुढाको घरमा गएराति साढे एघार बजे आगलागी हुँदा घरमा रहेको ५५ हजार नगद, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो । 

Global Ime bank

आगलागीबाट ज्ञानु बुढाकी श्रीमती ३६ वर्षीया मोतिकला बुढा जलेर घाइते भएका थिए । उनका हात, खुट्टा र ढाड पोलिएका छन् । उपचारको लागि उनलाई राति नै जनस्वास्थ्य रुकुमकोटमा लगिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०७५  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC