site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अरुपण ग्यालरीमा दसैं शुभकामना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । लाजिम्पाट स्थित अरुपण आर्ट ग्यालरी नेपालले सदा झै यस वर्ष पनि वडा दसैं, दिपावली एवमं छठ पर्वको अवसर पारेर कलाकारहरुबीच शुभ–कामना आदान–प्रदान कार्यक्रम आयोजना ग¥यो । घटस्थापनाका दिन सो कार्यक्रम आयोजना गरिएको थियो ।
९१ वर्षिय मूर्धन्य कलाकार प्रा.गोविन्द नारायण ज्यापू र प्रसिद्घ कलाकार हरिप्रसाद शर्मालाई सात वर्षीय श्रेया चौधरीले टीका लगाई दिएर कार्यक्रम शुभारम्भ भएको थियो ।  

कार्यक्रममा कलाकार प्रा. राधेश्याम मुल्मी, कलाकार रमेश खनाल, पूर्ण काजी शाक्य, विपिन राज श्रेष्ठ, श्याम सुन्दर यादव, ज्योति प्रकाश वि.क., प्रदीपकुमार दुवाडी, डा. विष्णुप्रसाद शर्मा, रीता खनाल, विजेश्वरी कला विभाग, अरुपण कला विद्घतवृति प्राप्त गर्ने विद्यार्थी र क्रिएटिभ मोडल एकेडेमीका विद्यार्थीहरुलाई प्रा.गोविन्द नारायण ज्यापू र कलाकार हरिप्रसाद  शर्माले शुभकामना प्रदान गर्दै टिका लगाई दिए । । 

कार्यक्रमका प्रमुख अतिथि प्रमोद अधिकारीले दसैंको पावन अवसरमा शुभ–कामना दिएर एक अर्काको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्न पाइन्छ भने ।   सो अवसरमा अरुपण आर्ट ग्यालरीका तर्फबाट कला समीक्षक रमेश खनाल तथा रिता खनालले बोलेका थिए । 
                                    
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०७५  ०६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC