site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जनताले सडकमा मात्र हैन सिंहदरबारको मूल ढोकामै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग्न थालेपछि सत्तारुढ दलकै भातृ संगठनले प्रहरी महानिरीक्षक बर्खास्त गर्न माग गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका दुवै घटकका अध्यक्षहरूसहितले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएर प्रहरी महानिरीक्षक हटाउन माग गरेको समाचार सार्वजनिक भएको छ । सडकबाट गृहमन्त्रीको राजीनामा माग्ने नागरिकहरूले मूलतः कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको अनुसन्धानमा हेलचेक्य्राइँ र बदनियत गर्ने प्रहरीको संरक्षण गरिएको आरोप लगाएका छन् । देशभरजस्तै निर्मलाका निम्ति न्यायका लागि आन्दोलन भइरहेको छ र आन्दोलनकारीले गृहमन्त्रीको राजीनामा माग्न थालेका छन् । 

निर्मलाको बलात्कार र हत्याको छानबिन गर्दा प्रहरीले हेलचेक्य्राइँ गरेको ठहर सरकारले गठन गरेको छानबिन समितिले नै लगाएको छ । गृहमन्त्री स्वयंले प्रतिवेदनका केही बुँदाको जानकारी सार्वजनिकरूपमा दिइसकेका छन् । छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइसकिएको छ । तर, प्रतिवेदन सार्वजनिक गरिएको छैन । निर्मलामाथि बलात्कार भएको प्रमाण मेटाउने प्रयास प्रहरीले नै गरेकाले अपराधीलाई सरकारले संरक्षण गरेको सन्देह सर्वसाधारण जनताले गरेका हुन् । निर्मला बलात्कार तथा हत्या प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाका अभिव्यक्तिहरू पनि विवादास्पद रहेका छन् । प्रहरी महानिरीक्षकभन्दा माथिल्लोतहबाटै अपराधीको संरक्षण भएको हुनसक्ने शंका जनताले गरेको देखिएको छ । यसैले जनताले गृहमन्त्रीको राजीनामाको माग गरेको हुनुपर्छ । प्रहरी महानिरीक्षक वा कुनै पदाधिकारीको परिवर्तन खासै महत्त्वपूर्ण विषय हैन । तर, त्यस प्रकारको विवेकहीन चालबाजीबाट संगठनलाई कति हानि पुग्छ भन्ने उदाहरण नेपाल प्रहरी बनिसकेको छ । यस्तै, कुबेलामा कुनै संगठनलाई चलाउन खोज्दा कति प्रत्युत्पादक हुन्छ भन्ने अनुभव अहिलेका गृहमन्त्रीलाई तत्कालीन रक्षामन्त्रीका रूपमा पनि भइसकेको हुनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राजनीति गर्नेहरूले आफूले गरेको गल्ती वा बदमासीमा समेत कर्मचारीलाई ‘बलीको बोको‘ बनाउने प्रयास यसअघि पनि धेरैपटक गरिसकेका छन् । नेपाल प्रहरी त झन् राजनीतिक खेल मैदान नै बनाइएको छ । सडकबाट गृहमन्त्रीको राजीनामा मागिएकाले प्रहरी महानिरीक्षकमाथि दोष लगाएर विरोध साम्य बनाउने सोचले नै सत्तारुढ दलको भातृ संगठन परिचालित गरिएको हुनसक्छ । तर, सडकबाट शान्तिसुरक्षाकै विषयमा प्रधानमन्त्रीको राजीनामा माग्न थालियो भने सायद त्यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरूले गृहमन्त्रीको राजीनामा माग्नेछन् ।तर, जनताको माग भने मूलतः राजीनामा नभएर न्याय हो । यसैले सरकार सञ्चालन गर्नेहरूले निर्मला बलात्कार तथा हत्याको प्रतिवेदन सार्वजनिक गरेर न्याय हुने जनतालाई विश्वास दिलाउने प्रयास गर्नुपर्थ्यो । अझै पनि पहिले नै विफल भइसकेको उपाय दोहोर्‍याउन कलाविहीन नाटक गर्नुभन्दा इमानदारीपूर्वक न्याय दिने प्रयास गर्नु उचित हुनेछ । ‘राजीनामा राजीनामा‘ खेलेर अपराधी उम्काउन खोजिएको हो भने त्यो स्वयं सरकारका लागि प्रत्युत्पादक हुनेछ ।    


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC