site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सन्यास फिर्ता लिन मेस्सीलाई राष्ट्रपतिदेखि म्याराडोनासम्मको आग्रह
Sarbottam CementSarbottam Cement

न्यु जर्सी । कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग पराजित भएपछि सन्यासको घोषणा गरेका लियोनल मेस्सीलाई सन्यास फिर्ता लिन चौतर्फी आग्रह आउन थालेको अन्तराष्ट्रिय समचार सस्थाहरु जनाएका छन् । मेस्सीलाई सन्यास फिर्ता गर्न अर्जेन्टिनाको राष्ट्रपतिदेखि महान खेलाडी डिएगो म्याराडोना तथा समर्थकहरुले आग्रह गरेको समचारमा जनाइएको छ ।

सोमबार अमेरिकाको न्यूजर्सीमा भएको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँगको पेनाल्टी सुटआउटमा गोल गर्न चुकेका २९ वर्षीय मेस्सीले अर्जेन्टिनी टेलिभिजनसँगको कुरा गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

मेस्सीको अप्रत्याशित सन्याससँगै विश्व फुटबलमा ठूलो चर्चा भएको थियो । त्यसपछि मेस्सीले बेला नभई सन्यास लिएको भन्दै सन्यास फिर्ता लिन चौतर्फी दबाब आएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मेस्सीलाई सन्यास फिर्ता लिन आग्रह गर्नेमा अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो म्याक्री पनि एक हुन् । राष्ट्रपति माउरिसियोले मेस्सीलाई टेलिफोन गर्दै सन्यासको निर्णयबाट पछि हटेर टोलीमा फर्कन आग्रह गरेको एएफपीले जनाएको छ ।

“उहाँ (राष्ट्रपति)ले मेस्सीलाई भनेका छन्, “तिमी र अर्जेन्टिना टोलीको यस प्रदर्शनबाट हामी निकै खुशी र सन्तुष्ट छौं । त्यसैले अरुको आलोचना नसुन”, राष्ट्रपतिले मेस्सीलाई टेलिफोन गर्दै भनेको भनाइ उद्रित गर्दै उनका प्रवक्ताले एएफपीसँग भनेका छन् , “मलाई आशा छ मेस्सी तिमी र अर्जेन्टिनी फुटबल टिमको राम्रो प्रदर्शन विश्वमै उत्कृष्ट छ र यो वर्षौ वर्ष हामीले देख्न पाइराखियोस् ।” मेस्सीलाई सन्यास फिर्ता लिन राष्ट्रपति म्याक्रीले सोसियल मिडिया ट्वीटरबाट समेत आग्रह गरेका छन् ।

Global Ime bank

यस्तै अर्जेन्टिनाका लिजेन्ड तथा पूर्वप्रशिक्षक डिएगो म्यारोडोनाले पनि मेस्सीलाई सन्यासको घोषणा फिर्ता लिन आग्रह गरेका छन् । म्याराडोनाले मेस्सीलाई अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्कन आग्रह गर्दै उपाधिका लागि अझै केही समय पर्खन सुझाव दिएका छन् ।

मेस्सीले सन्यास लिने बेला नभएको भन्दै म्याराडोनाले भनेका छन्, “मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिममा रहनुपर्छ । उनको सन्यास बेला भएको छैन ।” म्यारोडोनाले मेस्सीलाई सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलसम्म टोलीमै रहन पनि आग्रह गरेका छन् । “मलाई लाग्छ रुसमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउन मेस्सी जानुपर्छ र त्यसका लागि तयार हुनुपर्छ ।” म्याराडोनाले भनेका छन् ।

अन्तराष्ट्रिय समाचार सस्थाका अनुसार मेस्सीले सन्यास घोषणा गरेसँगै उनका समर्थकहरुले बिभिन्न देशमा सन्यास फिर्ता लिन दबाब दिन हस्तक्षर अभियान समेत चलाएको जनाएको छ । त्यस्तै उनका समर्थकहरुले अर्जेन्टिनाका फुटबल एसोसियनको भवन अगाडी मेस्सीको समर्थनमा प्रदर्शन गरेको जनाइएको छ ।

सन् २००५ अगष्टमा मेस्सीले अर्जेन्टिना टोलीबाट हंगेरीबिरुद्ध डेब्यू गरेका मेस्सीले अर्जेन्टिनाको लागि १ सय १३ खेल खेलेका छन् । जसमा ५७ गोल गरेका छन् । यो सँगै मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । मेस्सीले कोपा अमेरिकाकै सेमिफाइनलमा अमेरिकाविरुद्धको खेलमा गोल गर्दै उक्त किर्तिमान बनाएका थिए । मेस्सीले अर्जेन्टिनाका महान खेलाडी ग्याब्रियल बाटिस्टुटाको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् । सन् १९९१ देखि २००२ सम्म अर्जेन्टिनाका लागि खेलेका बाटिस्टुटाले ७७ खेलमा ५६ गोल गरेका थिए । तर, अर्जटिनाले सन् १९९३ यता कोपा अमेरिका फुटबलको उपाधि जित्न सकेको छैन भने १९८६ यता विश्वकप जितेको छैन । एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७३  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement