site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल भारत सम्बन्ध र आयामहरू

प्राचीन भारतवर्षअन्तर्गतका भारत र नेपाल आजको भूगोलमा एसिया महादेशमा अवस्थित छन् । आधुनिक राज्यका रूपमा स्थापना हुनुअघि यस भूभागमा ससाना भुरे राज्य हुँदै ठूलाठूला साम्राज्यको स्थापना भएको थियो ।

मुगल शासनलाई भारतीय राजनीतिक इतिहासको एउटा मोड हो । राज्यको व्यवस्थित अवधारणा, राज्य सञ्चालन शैली र कला, साहित्य, संगीत क्षेत्रको विकास त्यस समयमा अधिक भएको देखिन्छ । नेपालमा 'भुरे टाकुरे' राज्यलाई युद्धबाट जितेर आजको नेपालको भूभाग एकीकृत गरिएको हो ।

यसको नेतृत्व पृथ्वीनारायण शाहले गरेका थिए ।  नेपाल र भारतको सम्बन्ध केलाउँदा यी दुई देश बीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र भौगोलिक आयाममा विशेष जोड़ दिइनुपर्छ ।  
शाक्यमुनि गौतम बुद्ध, गोरखनाथ, किराँत शासन, महाभारत युद्ध, धार्मिक मठमन्दिरजस्ता सन्दर्भमा नेपाल र भारत जोडिएका छन् । भारतवर्षका चम्किला नक्षत्रहरूको तपोभूमि यही हिमवात्खण्डअन्तर्गतको नेपाल रहेको विदितै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा जन्मिएका सिद्धार्थ गौतमले  भारतको बोधगयामा बुद्धत्व प्राप्त गरी सारा संसारमा प्रेम, करुणा र सेवाको अनुपम दर्शन प्रस्तुत गरेका छन् । महाभारत युद्धमा किराँती राजाहरू कौरव पक्षबाट युद्धमा सहभागी भएको पौराणिक कथा छ ।  

इतिहासका यी र यस्ता धेरै घटनामा दुई देशले अन्तर्सम्बन्धलाई पुष्टि र परिभाषित गरेका छन् । सांस्कृतिकरूपमा इतिहासको यदाकदा अपव्याख्या हुनाले त्यसको गलत परिणामको समेत हामी भुक्तभोगी छौँ ।  धार्मिकरूपमा नजिक यी दुई देशले कठिनतम समयसमेत भोगेर आएका छन् । नेपाललाई जितेर अधीनमा राख्न भारतबाट कुनै पात्र यहाँ आएर काठमाडौंका मठमन्दिर ध्वस्त पारेको वर्णन पनि इतिहासमा छ ।
 
यी त भए नेपाल-भारतको पुरानो ऐतिहासिक, धार्मिक र सांस्कृतिक आयामका केही प्रसंग ।  अब आधुनिक समाज विकासको ऐनामा यी सम्बन्ध केलाउनुपर्ने हुन्छ ।
 
दोस्रो विश्वयुद्धपश्चात् विश्वभर बेलायतको औपनिवेशिकताबाट स्वतन्त्र हुने आन्दोलन चल्यो ।  यही क्रममा भारतमा शासन गरिरहेका बेलायती पनि बिदा भए । नेपालमा पनि बेलायतकै निगाहमा शक्तिशाली बनेका राणाहरूविरुद्ध क्रान्ति सुरु भयो ।  बीपी कोइरालालगायतका नेपालीहरू यस क्रान्तिको परिकल्पनाकार थिए ।  

Global Ime bank

त्यस क्रान्तिमा स्वतन्त्र भारतले पनि नेपालका क्रान्तिकारीलाई आफ्नो भूभागमा संगठित हुन दिएर सहयोग गरेको थियो  । नेपालमा भएका सबैजसा आन्दोलनमा भारतको सदभाव रहँदैआयो र कतिपय अवस्थामा त्यस्तो समर्थन प्रायुत्पादक पनि साबित भएको छ ।
 
नेपालको आन्दोलनमा भारतीय संलग्नता र नेपालमा पनि भारतीय सहयोगविना परिवर्तन गाह्रो हुने मानसिकताले भारतलाई नेपालसँगको सम्बन्धमा 'ठूल्दाइ'को भूमिका खेल्न उक्सायो  ।  तर यही 'ठूल्दाइ' प्रवृत्ति आधुनिक नेपाल - भारत सम्बन्धलाई सुमधुरभन्दा कटु बनाउँदै लगेको छ र अहिले त्यो सम्बन्ध झन् बिग्रदो स्थितिमा छ ।
 
औपनिवेशिक पीडा भोगेको भए पनि भारत नेपालसँगको सम्बन्धमा भारतीय रवैया उही भूमिका अपनाउन खोजेको देखिन्छ ।  सुगौली तथा सन् १९५० को सन्धिपश्चात् नेपाल-भारत सम्बन्ध असमान हुन पुगेको देखिन्छ ।  सन्धि सम्झौताबाट कजिएको नेपालको आजको पिछडिएको स्थितिको निमित्त यी दुई देशको सम्बन्धलाई पनि दोष जान्छ ।  नेपाल देशले स्वतन्त्र विवेकले एउटा देशको हैसियतमा आफूलाई सञ्चालन गर्न नसकेको धेरै भइसक्यो ।
 
इतिहासको त्यस्तो आरोहअवरोह पार गरी आएको नेपाल - भारत सम्बन्ध आज सबैभन्दा खराब स्थितिमा छ । आफूले चाहे झै नहुँदा भारतले विगतमा धेरै चोटी नेपालमाथि नाकाबन्दीजस्तो अमानवीय 'हतियार' प्रयोग गरेको छ भने २०४६ पछिको पुस्ताले भोग्ने गरी संविधान जारी भएपछि पुनः नाकाबन्दी लगायो ।

नाकाबन्दी भनेको आजको विश्वमा युद्धपछि कुनै पनि देशले भोग्ने अर्को दुर्भाग्य हो ।  नेपाली जनताले २००७ सालदेखि संघर्ष गर्दै आएको संविधान सभाबाट संविधान निर्माण गर्ने अभियानमा प्रत्यक्षपरोक्ष सहयोग गरेको भारतले ६५ वर्षपछि संविधान सभाले संविधान जारी गर्दा नाकाबन्दी लगायो ।  यस्तो व्यवहार आजको पुस्ताका लागि मान्य नहुने कदम थियो । यसले नेपाल भारत-सम्बन्धमा दीर्घकालीन असर गर्नेछ ।

नेपाल-भारत सम्बन्धलाई समय सापेक्ष पुनर्परिभाषित गर्नु जरुरी छ ।  सन् १९५० को सन्धिको खारेजी वा पुनरावलोकनपश्चात् नया विन्दुबाट सम्बन्ध अघि बढाउनु उपयुक्त हुने देखिन्छ ।  ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जनस्तरमा सम्बन्ध भएका दुई देशले सहअस्तित्वको आधारमा विश्वको चलायमान भूराजनीतिक परिस्थितिमा ध्यान दिँदै अघि बढ्नुपर्ने हुन्छ ।

भारतले नेपालमा गर्दै आएको 'सूक्ष्म व्यवस्थापन’को प्रयत्न तुरुन्त बन्द गर्नुपर्ने हुन्छ ।  विश्व नै गाउँ बन्दै गएको आजको विश्वमा छिमेकका दुई देश शंका उपशंकामा रुमलिएर दुनिया हसाउनुभन्दा नयाँ परिस्थितिमा नयाँ नीतिका साथ हातेमालो गर्दै अघि बढ्नुपर्छ ।  यस निम्ति 'ठूल्दाइ' हैन 'जुम्ल्याहा' दाजुभाइको सम्बन्ध हुनुपर्छ । 

आउने पुस्ता नेपाल-भारत सम्बन्धको इतिहासप्रति क्षुब्ध भए पनि वर्तमान हेरेर खुसी हुने परिस्थिति निर्माण होस् । दुई देशको सम्बन्धको पुनः व्याख्या होस् र विकास होस् ।   नयाँ दिल्ली

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७३  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC