site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
अमेरिका । अमेरिकाको मिसौरीमा धराप थापेर गोली हानी ३ प्रहरी अधिकृतको हत्या भएको छ । अन्य ३ जना घाइते भएका छन् । जुलाई ७ मा डलासमा ५ प्रहरीको गोली हानी हत्या गरिएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको अवस्थामा यो काण्ड दोहोरिएको हो ।
लुजियाना राज्य प्रहरीले गएको सातामा ब्याटन रग प्रहरीविरुद्ध चेतावनी पाएको जनाएको थियो । प्रहरीले पीडितको पहिचान खुलाएको छैन । हत्या भएका मध्ये एकजनाको भने परिवारका सदस्यबाट पहिचान खुलेको छ । उनी प्रहरी अधिकृत मन्टरेल हुन् । अधिकारीहरू म्याथ्यू गेराल्ड र ब्राड गाराफोलाको पनि हत्या भएको छ ।
बन्दुकधारी पनि गम्भीर घाइते भएका छन् । अन्य घाइतेको अवस्था भने चिन्ताजनक नभएको अधिकारीहरूले बताएका छन् ।
जुलाई ५ मा प्रहरीद्वारा एल्टन स्टर्लिङको हत्या भएपछि आफू नराम्ररी प्रभावित भएको भन्दै ज्याक्सनले जुलाई ८ मा फेसबुकमा पोस्ट गरेका थिए ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३, २०७३  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC