site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टी अध्यक्ष र दलको नेता कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 काठमाडौं । राप्रपा नेपाल र राप्रपाबीच मंसिर ६ गते पार्टी एकता हुने भएको छ । पटक पटक भएका प्रयास असफल भएका थिए । यसअघि एकताको निर्णय भैसकेपछि पनि अन्तिममा एकता हुन सकेको थिएन । मंगलबार विहान राप्रपा अध्यक्ष पशुपति शमशेर राणाको निवासमा दुवै पार्टीका अध्यक्षले पार्टी एकताको संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै मंसिर ६ गते एकता गर्ने जानकारी गराएका हुन् ।
देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ राप्रपा नेपाल र राप्रपाबीच एकता गर्ने निर्णय गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । संयुक्त विज्ञप्तिमा कमल थापा र पशुपति शमशेर राणाले हस्ताक्षर गरेका छन् ।
एकीकृत पार्टीको महाधिवेशन सकेसम्म माघ महिनाभित्रै गर्ने उल्लेख छ । दुवै पार्टीले गठन गरेको वार्ता टोलीले एकिकरण सम्बन्धि नीति तथा आधारलाई दुवै पार्टीले अनुमोदन पनि गरेको राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
एकतापछि पार्टीको नाम राप्रपा मात्रै हुनेछ भने चुनाव चिन्ह राप्रपा नेपालको गाइ हुनेछ । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC