site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकी सरकारले ४ गते विश्वासको मत लिने, त्यसपछि मात्रै बजेटमा छलफल
Sarbottam CementSarbottam Cement

पोखरा । शनिबार गठित नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नेतृत्वको चार दलीय गठबन्धन सरकारले ४ गते विश्वासको मत लिने भएको छ । सरकारका तर्फबाट मुख्यमन्त्री आफैले मंगलबार प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथिको छलफल त्यसपछि मात्र सुरु हुने भएको छ ।

सरकारका प्रवक्ता कुमार खड्काका अनुसार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा मंगलबार नै दर्ता भइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संविधानको धारा १६८ (५) अनुसार बनेको सरकारले उपधारा ६ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

संयुक्त गठबन्धनमा स्वतन्त्र एक सांसदसहित ३१ सांसदको समर्थनले बनेको सरकारले विश्वासको मत लिएपछि मात्रै बजेटको छलफल सुरु गर्ने छ । कुल ६० सदस्यीय गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछी सांसद संख्या ५९ कायम भएको छ ।

Global Ime bank

मुख्यमन्त्री पोखरेलले सरकार जोगाउनको लागि अहिलेको स्थितिमा ३० सांसदको विश्वास प्राप्त गरे पनि हुन्छ ।

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदको कार्यविभाजन, विस्तार हुने प्रवक्ता खड्काले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC