site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
गण्डकीमा जसपाबाट एकजना मन्त्री, अर्कोको असन्तुष्टि
धनमाया पोखरेल लामा । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशमा शनिबार नयाँ सरकार गठन भएको छ । नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् ।

उनले आफूसँगै अरु चारलाई मन्त्री पदको शपथ खुवाए । ती चारैजनाले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् । मन्त्री बनेका मध्ये जनता समाजवादी पार्टी (जसपा)का हरिशरण आचार्य एक हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, जसपाभित्र विवाद देखिएको छ । गण्डकीमा जसपाका दुई प्रदेशसभा सदस्य छन् । आचार्य मन्त्री बने पनि जसपाकै अर्का प्रदेश सांसद धनमाया पोखरेल लामाले असन्तुष्टि जनाएकी छन् ।

आज विस्तारित मन्त्रिमण्डलमा उनको विमति छ । सरकार गठनका सम्बन्धमा गठबन्धनभित्र ठोस सहमति नभएको उनले बताइन् ।

Global Ime bank

“कुरा मन्त्रालयको होइन, कोही भ्रममा नपरौँ । हस्ताक्षर र सहमति हुन नसकेको सत्य हो,” उनले भनिन्, “यस्तो हर्कतले राजनीतिमा दिगो सहकार्य हुन सक्दैन ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC