site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसमा कोरोनाभाइरसका संक्रमित बढ्न थाले
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

मस्को । रुसमा पछिल्ला केही दिनयता कोरोनाभाइरसका संक्रमितहरु बढ्न थालेका बताइएको छ । रुसमा शनिबार मात्रै १३ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । रुसमा गएको २४ घण्टामा यति धेरै संक्रमित भेटिएका हुन् ।

यससँगै रुसमा संक्रमितको संख्या करिब ५२ लाख पुगेको बताइएको छ । रुसका अधिकारीहरुले चार महिनापछि यति धेरै संक्रमित एकैदिन भेटिएका जनाएका छन् । रुसका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले यही जुन २ तारिखदेखि रुसमा कोरोनाभाइरसका संक्रमितहरु थपिँदै गएका बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ती अधिकारीहरुले शनिबार मात्र यहाँ १३ हजार ५१० जना संक्रमित थपिएका र ती संक्रमितहरु गएको फेबु्रअरी महिनाको २ तारिखपछि अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि बताइएको छ । यहाँ गर्मीयामको सुरुवातामा मानिसहरु ठूलो संख्यमा जम्मा हुन थालेका र त्यसका कारण पछिल्लो समयमा कोरोनाका संक्रमितहरु पनि बढ्न थालेका पाइएको अधिकारीहरुले जनाएका छन् ।

यहाँ कोरोनाभाइरसका कारण एक लाख २६ हजारजनाभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र यहाँका कम्तीमा ३९९ जनाको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरुले रुसमा दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिएको पनि बताएका छन् । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC