काठमाडौं । नेपालमा पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई ‘जुनोटिक रोग’ को सूचीमा समावेश गरिएको छ । जुनोटिक रोगहरुको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठीले बिहीबार १० वटा रोगलाई जुनोटिक रोगको सूचीमा समावेश गरेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलका अनुसार यसरी सूचिकृत गरिएका रोगहरुका बारेमा जनचेतना फैलाउन तथा सरकारलाई आवश्यक प्रयोगशाला किट तथा औषधि व्यवस्थापन गर्न यी रोगहरुलाई प्राथमिकिकरण गरिएको हो । डा. पौडेलका अनुसार सिजनल इन्फ्लुएन्जा, रेबिज, कोरोना भाइरस, लेप्टोस्पाइरोसिस, बुसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षयरोग, सिस्टसकोर्सिस, टोक्जोप्लास्मोसिसलाई जुनोटिक रोगलाई प्राथमिकतामा राखिएको हो ।
यसअघि नेपालमा ६ वटा रोगलाई जुनोटिक रोगको प्राथमिकतामा राखिएको थियो ।