देश
काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय राजदूत विनयमोहन क्वात्राले ती स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरे ।
कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यले भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर, आईसीयू बेडहरु, पीपीई सेट र एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
शुक्रबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा ती सामग्रीहरु हस्तान्तरण गरिएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८ १४:४१
प्रतिक्रिया दिनुहोस्