site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा माटो छरेर बाँझो पहाडलाई हरियो बनाइँदै 
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनको उत्तरतर्फ रहेको शान्जी प्रान्तको राजधानी ताइयुआनमा स्थानीय कामदारहरुले एक विशेष उपकरणको प्रयोगमार्फत बाँझो पहाडमा माटो छरेर हरियो बनाइरहेका छन् ।

त्यसरी छरिने माटोमा विभिन्न रुख–बिरुवाका बीउहरु पनि मिसाइएको हुन्छ । तिनै बीउहरु छिट्टै उम्रिएर रुखो पहाडलाई हरियो बनाउनेछ । बीउका साथै उक्त माटोमा अर्गानिक तत्व सेलुलोज पनि मिसावट गरिएको हुन्छ, जसले बिरुवालाई प्रभावकारी रुपमा हुर्किन मद्दत मिल्ने बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हाल यो कार्यक्रम सञ्चालनमा रहेको मुयुन पहाड कुनै समय दर्जनौँ किसिमका चुनढुंगाको खानीघर मानिन्थ्यो, जसकारण सो क्षेत्र विगतमा अत्यन्तै बाँझो थियो । तर, सन् २०१७ मा स्थानीय सरकारले १४ वटा खानी बन्द गराइ त्यहाँको वातावरण पुनःस्थापना गर्न सुरु गरेको हो ।

अहिले त्यहाँ रुख–बिरुवा रोप्ने काम जारी छ भने खाल्डाहरु पनि मलिलो माटोले पुरिएको छ । अहिले त्यहाँको अधिकांश क्षेत्र विस्तारै हरियालीमा परिणत भएको देख्न सकिन्छ ।

Global Ime bank

यसरी खानीमा काम गर्ने धेरै मानिसले हाल रुख–बिरुवा रोपेरै जीविकोपार्जन गरिरहेका छन् । यस नयाँ कामले उनीहरुलाई राम्रो आम्दानी प्रदान गर्नुका साथै वातावरणलाई पनि स्वस्थ बनाइरहेको छ । सीजीटीएन बाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC