site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफ्रिकामा ‘एक्सपायर’ हजारौँ डोज कोरोनाविरुद्धको खोप जलाएर नष्ट
Sarbottam CementSarbottam Cement

बीबीसी । अफ्रिकी मुलुक मालवीले प्रयोगविहीन अवस्थामा रहँदा एक्सपायर भएका कोरोनाविरुद्धको हजारौँ डोज खोप जलाएर नष्ट गरेको आधिकारिक स्वास्थ्य निकायले जनाएको छ । यस कदमले नागरिकलाई सुरक्षित खोप मात्र दिइने सुनिश्चित गराएको अधिकारीहरुले बताएका हुन् । सार्वजानिक रुपमा यसरी खोप नष्ट गर्ने मालवी पहिलो अफ्रिकी मुलुक हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसअघि कुनै पनि मुलुकलाई एक्सपायर भइसकेका खोपहरु नष्ट नगर्न आग्रह गरेको थियो । तर, अहिले भने आफ्नो सुझाव बदलेको छ । मालवीमा खोपको प्रयोग एकदम सुस्त गतिमा भइरहेको थियो ।

तर, यो निर्णयले सर्वसाधारणको भरोसा बढाउने स्वास्थ्यकर्मीहरुले अपेक्षा गरेका छन् । यहाँ एक करोड ८० लाख जनसंख्यामा त्यहाँ ३४ हजार संक्रमित छन् भने एक हजार १५३ जनाको कोभिडका कारण मृत्यु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मालवीले मार्च २६ मा अफ्रिकन युनियनबाट एस्ट्राजेनेका खोपको एक लाख दुई हजार डोज प्राप्त गरेको थियो । यसबाहेक डब्लूएचओको कोभ्याक्स कार्यक्रममार्फत पनि तीन लाख डोज पाएकोे थियो भने भारतबाट समेत ५० हजार डोज आयात गरेको थियो । त्यसको ८० प्रतिशत प्रयोग गरिएको बताएको छ । खोप एक्सपायर हुने मिति १३ अप्रिलसम्म थियो ।

यस्तोमा सबै खोप प्रयोग गर्न पर्याप्त समय नभएको सरकारी अधिकारीहरुले बताएका छन् । यसरी उनीहरुले तीन मिनेटको प्रक्रियामा कोभिडका हजारौँ डोज खोप नष्ट गरेका हुन् ।

Global Ime bank

मालवीका प्रमुख स्वास्थ्य सचिवले बीबीसीसँग कुरा गर्दै खोपहरु नष्ट गर्नु निकै दुःखको कुरा भएको बताए । तर, अर्कोतर्फ यसले नोक्सानभन्दा फाइदा बढी गराउने उनले बताएका छन् ।

डा. चार्ल्स म्वानसाम्बो भन्छन्, “हामीसँग एक्सपायर भएका खोप छन् भन्ने खबर फैलिएपछि मानिसहरु सुई लगाउन क्लिनिक जान छाडिरहेको हामीले देख्यौँ । त्यसैले हामीले यसलाई जलाएनौँ भने सबैले हाम्रो संस्थाले एक्सपायर भएको खोपको प्रयोग गर्छ भन्ने सोच्नेछन् अनि खोप लगाएनन् भने कोभिड–१९ को उनीहरुमा भारी प्रभाव पर्न जान्छ भनेर यस्तो गरेका हौँ । ”

पर्याप्त मात्रामा खोप भएकाले त्यहाँको सरकारले देशभरका १८ वर्षमाथिका नागरिकलाई खोप लगाउन अनुरोध गर्दै आएको थियो । यसरी नागरिकहरुमा बिग्रिएको या एक्सपायर भएको सुई लगाइदिने डर रहेको सर्वेक्षणमा पनि पाइएको छ ।

त्यस्तै, यसअघि विभिन्न देशहरुमा एस्ट्राजेनेका खोप लगाइसकेपछि रगत जम्ने समस्याबारे पनि खबर गरिएको थियो । तर, सो खोपले रगत जम्ने दुर्लभ समस्या गराउनेसम्बन्धी हालसम्म कुनै प्रमाण छैन ।

स्वास्थ्यविद्हरुका अनुसार रगत जम्नेभन्दा संक्रमणको जोखिम बढी हुन्छ, जसकारण सबैलाई सकेसम्म खोप लगाउन वैज्ञानिकहरुको सुझाव छ । यसरी हाल प्रयोगमा ल्याइएको खोपको मिति भने अझै ३६ महिनासम्मको रहेको बताइएको छ ।

कोभिड–१९ को खोपसम्बन्धी वैज्ञानिकहरुमा अर्को चुनौती भनेको दीर्घकालीन रुपमा यसको प्रभावकारिता के–कस्तो हुनेछ भन्नेबारे अझै कुनै उल्लेखनीय डाटा छैन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC