site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई काेराेनाविरुद्धको खोप अभियान सुरु गर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

इस्लामाबाद । पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९ विरूद्धको खोप अभियान सुरु गर्ने बताएको छ ।पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी) का अध्यक्ष असद उमरले बिहीबार उक्त जानकारी गराएका हुन् ।

खोप लगाउनका लागि भएको दर्ता गतिमा सन्तुष्टि व्यक्त गर्दै उमरले ट्विटरमा भनेका छन्, “बिहीबार लगातार दोस्रो दिनमा खोप लगाउने नागरिकको सहभागिता सन्तोषजनक छ । पाकिस्तानले दोस्रो दिनमा एक लाखभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ ।"

यसअघि मंगलबार, पाकिस्तानले ४०–४९ उमेर समूहका नागरिकको लागि कोभिड–१९ खोपका लागि नाम दर्ता गर्न सुरू गरेको थियो । पाकिस्तानले ५० वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकका लागि चीनले सहयोग उपलब्ध गराएका कोभिड–१९ खोप लगाउन अनुमति दिइसकेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  २३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC